राजालाई गाली गरेर सत्ता टिकाउन सकिन्छ भनेर नसोचे हुन्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई गाली गरेको भरमा अब सत्ता नटिक्ने बताउनुभएको छ ।

प्रवासी नेपाली एकता समाजको अधिवेशनमा भाग लिन जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लिङदेनले राजतन्त्रलाई गाली गर्नुको सट्टा गणतन्त्रवादीहरूलाई राम्रो गरेर देखाउन उहाँले आग्रह गर्नुभयो । ‘अब पनि राजालाई गाली गरेर सत्ता टिकाउन र जनतालाई मूर्ख बनाउन सकिन्छ भनेर नसोचे हुन्छ’, उहाँले भन्नुभयो ।

दशैँको टीकाको दिन राष्ट्रपतिकोमा भन्दा बढी पूर्वराजाकोमा भिड भएको उहाँले बताउनुभयो । यसले पनि राजसंस्था प्रति सर्वसाधारणको आकर्षण बढेको उहाँको दाबी छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको गिर्दो अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको उहाँको भनाइ छ । ‘देशको बिग्रँदो अवस्थाप्रति चिन्ता गर्ने राजालाई गाली गर्नुको सट्टा गणतन्त्रका संवाहक भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्‍यो’, उहाँले भन्नुभयो ।

Comments are closed.