काठमाडौं । लोकप्रिय गायक युवराज चौलागाईंले ‘शिरफूले माया’ बोलको गीत सार्वजनिक गरेका छन्। लोक आधुनिक शैलीमा तयार पारिएको गीत प्रेमकथामा छ। राजकुमार बगरको शब्द रचना र संगीत तथा कमल सौरागको संगीत संयोजन रहेको गीतमा युवराजलाई स्वरमा गायिका अनुष्का पाठकले साथ दिएकी छन्। सान थापाद्वारा निर्देशित गीतको भिडियोमा गायक युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशील थापा र अनुष्काले अभिनय गरेका छन्। भिडियोमा राजीव समरको नृत्य निर्देशन, बुद्ध थापाको छायांकन र विवेक सुनुवारको सम्पादन रहेको छ। गायक चौलागाईंकै युट्युव च्यानलबाट सार्वजनिक गीत गण्डकी प्रदेशमा प्रसिद्ध शिरफूले भाकामा बुनिएको छ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.