Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

प्रज्ञा–प्रतिष्ठानमा बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन विमर्श सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
November 18, 2025
in Feature, Kathmandu, Literature
0
प्रज्ञा–प्रतिष्ठानमा बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन विमर्श सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागले ’बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन विमर्श कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियो। कार्यक्रममा ’बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन बारे दिलेन्द्र मुकारुङले अवधारणा–पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणा–पत्रमाथि रामचन्द्र रुपाबुङ राई, भक्तबहादुर राई, तीर्थराज मुकारुङ राई, चन्द्रकुमार राई हतुवाली, अनुदिप देवान, जयबहादुर राई, सन्तोष राई, केदार राई, मुकेश हाङखिम, सचित राई, रीमा राई लगायतले आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मुन्दुमबारे सटिक व्याख्या गर्नु हुँदै प्रतिष्ठानमा बान्तावा मुन्दुम लेखनको लागि ढोका खुलिसकेको बताउनुभएको थियो । उहाँले मुन्दुम भनेको दर्शन हो । मुन्दुम साहित्य, संस्कृति, इतिहास र सभ्यतासँग जोडिएकाले यसको अध्ययन अनुसन्धान जरुरी रहेको बताउनुभएको थियोे ।

कार्यक्रमको अध्यक्षता प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख एवम् ’बान्तावा मुन्दुम लेखन’समितिका संयोजक राजन मुकारुङले ’बान्तावा मुन्दुम’ ले बान्तावाभाषीको मात्रै होइन, मुन्दुममा विश्वास गर्नेहरूलगायत नेपाली आदिवासीहरूको सांस्कृतिक सौन्दर्यलाई पनि बोध गराउनेछ । यसले नेपाली समाजको विज्ञान र पहिचान, सृष्टि, जीवन दर्शन, इतिहास र सभ्यताको ज्ञान परम्परालाई समेत मुखरित गर्छ भन्ने धारणा राख्नु भएको थियोे । ’बान्तावा मुन्दुम लेखन’ समितिका सदस्यहरूमा दिलेन्द्र मुकारुङ राई, देवानदेवी राई, पदम राई, पाविहाङ राई, नारदमणि राई, मनिता राई र पवित्र राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बुङ्वाखा पत्रिकाका सम्पादक पदम राईले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

Canon Central & North Africa Celebrates 10 Years of Growth and Innovation at The Executive Circle 2025 in Seychelles

Next Post

बनेपामा मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
बनेपामा मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बनेपामा मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Recommended

Nepal | A 4.7-magnitude earthquake shook Kathmandu in the early hours of Saturday

Strong earthquake hits Noto region in central Japan

3 years ago
भदौमा : गोर्खा बिनिथ द ब्रेभरी प्रदर्शन

भदौमा : गोर्खा बिनिथ द ब्रेभरी प्रदर्शन

3 years ago

Don't Miss

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

December 10, 2025
हितेन्द्रदेव शाक्यले पदबहाली गरे

हितेन्द्रदेव शाक्यले पदबहाली गरे

December 10, 2025
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

December 10, 2025
इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

December 10, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.