Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

साहित्यकार भुवनहरि सिग्देलको ‘मनस्विनी’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
November 25, 2025
in Book Releases, Literary Festival & Event, Literature
0
साहित्यकार भुवनहरि सिग्देलको ‘मनस्विनी’ सार्वजनिक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास ‘मनस्विनी’ औपचारिक रूपमा सार्वजनिक भएको छ । प्रकाशक पेज टर्नरले शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना गरेको विशेष समारोहमा उपन्यासकार सिग्देल तथा समालोचक डा. अर्चना थापा र महेश पौड्यलले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

‘मनस्विनी’ पुरुष आकृतिको क्लीब पात्र गोविन्द र नारी पात्र मनस्विनीबीचको बेमेल विवाह र त्यसबाट उत्पन्न हुने मानसिक, सामाजिक तथा पारिवारिक जटिलताहरूमाथि केन्द्रित छ । उपन्यासले फरक लैङ्गिक स्वभाव भएका व्यक्तिहरूले भोग्नुपरेका समस्यालाई समाजको कठोर मूल्य-मान्यतासँग जोडेर प्रस्तुत गरेको छ ।

कार्यक्रममा समालोचक डा. अर्चना थापाले उपन्यासले फरक लैङ्गिकताको संवेदनशील मुद्दालाई बहसको केन्द्रीय विषय बनाएको भन्दै प्रशंसा गर्नुभयो । पुरुषप्रधान मूल्य-विधानले सिर्जना गरेको अन्याय र विभेदलाई चुनौती दिने यस्ता साहित्यिक कृतिहरू आवश्यक रहेको उहाँले बताउनुभयो । समालोचक महेश पौड्यलले महिला तथा फरक लैङ्गिक पहिचान भएका व्यक्तिमाथि समाजले थोपरेका विभेदकारी मान्यताहरू पुनर्निर्माण गर्न आवश्यक रहेको भन्दै ‘मनस्विनी’ ले एउटा अर्थपूर्ण बहसको थालनी गरेको टिप्पणी गर्नुभयो ।

उपन्यासकार सिग्देलले आफूले समाजमा देखे-भेटेका फरक लैङ्गिक स्वभावका व्यक्तिहरूको वास्तविक जीवन-अनुभूति र बेमेल विवाहले जन्माउने असहजतालाई केन्द्रमा राखेर उपन्यास रचना गरेको बताउनुभयो। “सहज वैवाहिक सम्बन्धमा स्वाभाविक ठानिने यौन र प्रजननसम्बन्धी व्यवहार असहज सम्बन्धमा पीडाको मूल कारण बन्न सक्छन्; समाजलाई यही विषयतर्फ सचेत गराउनु नै उपन्यासको उद्देश्य हो,” सिग्देलले भन्नुभयो ।

Advertisement Banner
Previous Post

Gen Z leaders demand dismissal of PM’s chief personal secretary

Next Post

Terpsichore, You Old Bitch, A Poem by W.J. Manares from the Philippines

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Terpsichore, You Old Bitch, A Poem by W.J. Manares from the Philippines

Terpsichore, You Old Bitch, A Poem by W.J. Manares from the Philippines

Recommended

USAID Announces $7.2 Million Joint Initiative for a Sustainable, Climate-Resilient Cocoa Industry in Indonesia

USAID Advances Efforts to Expand Access to Medical Oxygen to 50 Facilities Globally, Mobilizes Partners to Make New Commitments to Address Urgent Oxygen Needs

4 years ago
Cricket Nepal came up with a new tournament called the Nepal Pro Club Championship on April 8

Cricket Nepal came up with a new tournament called the Nepal Pro Club Championship on April 8

4 years ago

Don't Miss

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

March 13, 2026
तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

March 13, 2026
यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

March 13, 2026
इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउनु हुँदैन : हाकान फिदानले

इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउनु हुँदैन : हाकान फिदानले

March 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.