अनुचित सिफारिस गर्नेको साधारण सदस्यता खारेज गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरुवा, बढुवा र नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको छ । रास्वापाका तर्फबाट बनेका चार मन्त्रीसहित उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सांसद शिशिर खनालबीच आइतबार भएको बैठकबाट सो निर्णय गरिएको हो ।

राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरिएको प्रवक्ता समेत रहेका महामन्त्री ढकालले जानकारी दिए । यस्ता नियुक्ति ‘मेरिटोक्रेसी’लाई प्रधान मानेर अघि बढाइने निर्णय गरिएको उनले बताए ।

Comments are closed.