‘नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला २०२४’ आजदेखि सुरु

काठमाडौं । नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला २०२४ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ।

उक्त मेला नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा हुन लागेको हो । मेलामा वितरक तथा आयातकर्ताहरुलाई विभिन्न अफर तथा छुट समेत रहने नेप्डेन्ट ट्रेड शो का सहसंयोजक शेखर सुवेदीले जानकारी दिएका छन् ।

दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित आजदेखि सुरु भएको नेप्डेन्ट ट्रेड शो मा अस्पताल, क्लिनिक, दन्त चिकित्सक, विद्यार्थी, प्रयोगशाला तथा सम्पूर्ण दन्त पेसाकर्मीका लागि गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध हुने संघका सचिव निरन्जन खतिवडाले बताएका छन् ।

एनडिडिएले नेपालमा दोस्रोपटक गर्न लागेको उक्त मेलामा १०० भन्दा बढी स्टल रहने र ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन अनुमान गरिएको छ।

उक्त मेला आजबाट तीन दिने सम्म भृकुटीमण्डपमा चल्ने छ । साथै कार्यक्रममा दन्त चिकित्सकहरुका लागि विशेष प्रकारको तालिम पनि प्रदान गरिने खतिवडाले बताए। साथै उनले उक्त मेला बी टु बी तथा बी टु सी दुबै भएकोले  यसबाट प्रदर्शनीबाट सिक्ने र सामग्री किन्न चाहनेहरुका लागि विशेष छुटमा किन्न सक्ने बताए।

Comments are closed.