एमाले सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बित

काठमाडौँ । नेकपा एमालेका सचिव रहेका सांसद टोपबहादुर रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरेको छ । बुधबार पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सचिव रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गर्न खोजेको छ । तर, उनी हाल फरार रहेका छन् ।

Comments are closed.