काठमाडौँ । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।विभागले एक सूचना जारी गर्दै प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि नेपाली र भारतीय १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको जानकारी गराएको हो ।
विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो ।यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी उत्पादनमा रोक लगाएको हो । यी नेपाली कम्पनीबाट उत्पादित औषधी भएको बताइएको छ ।
Comments are closed.