डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक

काठमाडौं, डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक गरिएको छ ।
‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा. खनालले सामान्य भन्दा समान्य मानिसले पनि सहजै बुझ्न सकिने भाषाशैली प्रयोग गरेर कविता लेखेका छन् । कतै गद्य शैली त कतै लोक काव्य शैलीमा आएका कविताहरूले मानव सभ्यता र नेपालका अन्य समाजमा मनाइने चाडबाडका विषय कवितामा आएका छन् । त्यस्तै राष्ट्रियता, राष्ट्रिय विभूति र राजनीति लगायतका विषयमा पनि कविता कृतिबाटै डा. खनालले आवाज उठाएका छन्।
कविता ५ खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्व लगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । डा. खनालले सरल भाषामा लेखेका कविता पढेर पाठकले गर्मीयाममा नदीमा सललल बगिरहेको कञ्चनपानीमा डुबुल्की मारेझैं महशुस गर्न सक्ने छन् ।
कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् । यश खण्डको कविताहरूमा कवि डा. खनालले मनको काव्य विश्लेषण गरेका छन् । मन आफैमा विराट आकाश हो भन्ने भाव कविताबाटै पोखेका छन् । सङ्ग्रहको तेस्रो खण्डमा समावेश कविताहरू राष्ट्रप्रेमले ओेटप्रोट छन् चौथौ खण्डमा प्रकृति, कृषि तथा पशुपन्छी विषयमा ६ कविता समावेश छन् ।
कविता कृतिको मूल्य रू.३ सय रहेको छ । कविता कृतिका गीता खनालले प्रकाशन गरेका हुन् ।
कर्मभूमि बेलायत बनाएका कवि डा. खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ । लेखकको मन भने नेपालमै रुमलिरहेको भान हुन्छ । पाँचौ मा विविध विषयमा लेखिएका कविताले मानव जीवनका सवालहरू उद्घाटन गरेका छन् ।
युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थाहरूमा अध्यापन गर्दै आएका डा. खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टीकल र बुक च्याप्टरहरु प्रकाशित छन् ।
सन्देश कवितासंग्रह भित्र ५२ वटा कविता समावेश छन् ।

 

Comments are closed.