Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाली कम्युनिष्ट पार्टीले मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने घोषणा, युवा ५०% अनिवार्य

Editorial Team by Editorial Team
May 3, 2026
in Nepal, News
0
छानबिनका लागि म तयार छु: प्रचण्ड
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा आफ्नो एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मंसिर ११–१५ गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीका लागि तल्लो तहदेखि नै अधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ । आगामी जेठ मसान्तभित्र केन्द्रदेखि स्थानीय तह र जनवर्गीय संगठनहरूको एकीकरण तथा समायोजन सम्पन्न गरिने लक्ष्य लिइएको छ ।
साउन मसान्तभित्र पार्टी सदस्यता नवीकरण र विस्तार गरिसक्ने योजना छ । अधिवेशनको कार्यतालिका अनुसार भदौ १५ गतेसम्म वडा, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशनहरू सम्पन्न गरिनेछन् ।
नेकपाले सबै तहका कमिटीहरू समानुपातिक र समावेशी मान्यताका आधारमा निर्वाचित हुने स्पष्ट पारेको छ । विशेषगरी युवा र नवयुवाको प्रतिनिधित्वलाई ५० प्रतिशतसम्म पुर्‍याउने पार्टीको नीति रहेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
यसैबिच पार्टीले देशको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै संविधान संशोधनका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल समेत गठन गरेको छ । देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रेखा शर्मासहित वरिष्ठ अधिवक्ताहरू र विज्ञहरू सम्मिलित कार्यदलले संविधान संशोधनका विषयमा आवश्यक गृहकार्य गर्नेछ ।
गत चैत १९ देखि वैशाख १४ गतेसम्म चलेको कार्यसंयोजन समितिको लामो बैठकले पार्टीको अन्तरिम विधान २०८२ बमोजिम केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय समेत गरेको छ । महाधिवेशनले पार्टी एकीकरणपछिको सांगठनिक स्वरूपलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Advertisement Banner
Previous Post

आज विश्व हाँसो दिवस मनाइँदै

Next Post

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुँदै

Editorial Team

Editorial Team

Next Post
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुँदै

Recommended

Gold price drops by Rs 3,800 per tola

Gold prices rise sharply in Nepal

7 months ago
Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.