Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

आज विश्व हाँसो दिवस मनाइँदै

Editorial Team by Editorial Team
May 3, 2026
in News, World
0
आज विश्व हाँसो दिवस मनाइँदै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आज विश्व हाँसो दिवस मनाइँदैछ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो । योसँग सम्बन्धित संङ्घ संस्थाले यो विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।
हाँसोले सकारात्मक उर्जा दिने भएकाले योग प्रशिक्षकले हाँस्ने कक्षा नै सञ्चालन गर्ने गरेका छन् । हाँस्नाले मस्तिष्कमा सकारात्मक विचार उत्पन्न हुने र यसले शरीरमा उर्जाको सञ्चार गर्ने उनीहरुको भनाई छ । हाँसोलाई योगकै महत्वपूर्ण पाटो मानिन्छ । हिजोआज हाँसोको योगाकै लागि बनेर क्लब तथा संस्था खुल्न थालेका छन् । यो दिवस सन् १९८८ देखि भारतबाट मनाउन थालिएको हो । अहिले यो दिवस नेपाल सहित विश्वव्यापी रुपमा मनाइन्छ ।
मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन हाँसोले प्रोत्साहित गर्दछ । हाँसोले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । यसले स्वास्थ्यलाई समेत महत्वपूर्ण फाइदा गर्छ । मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ । त्यस्तो अवस्थामा हाँस्दा वा खुसी हुँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुन्छिन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो । हाँसोले आत्मविश्वास बढाउछ ।
हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्‍याउँछ । यसले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्छ । हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसँग जुध्ने क्षमतामा वृद्धि गर्छ ।

Advertisement Banner
Previous Post

आज दुई खेल हुदै आइपिएलमा

Next Post

नेपाली कम्युनिष्ट पार्टीले मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने घोषणा, युवा ५०% अनिवार्य

Editorial Team

Editorial Team

Next Post
छानबिनका लागि म तयार छु: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीले मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने घोषणा, युवा ५०% अनिवार्य

Recommended

Bangladesh top recipient of COVID vaccine doses under COVAX: UNICEF

Bangladesh top recipient of COVID vaccine doses under COVAX: UNICEF

4 years ago
Deuba set to return as Nepali Congress looks to former president for political direction

Former Nepali Congress president Sher Bahadur Deuba is returning to Kathmandu today

6 days ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.