नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, २६ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.११ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०१ प्रतिशतले घट्दै १८७० अंकमा आएर रोकिएको हो ।

आज साताको पहिलो कारोबार दिन नेप्सेमा ९५ करोड ४३ लाख रुपैयाँ बराबरको ३२ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।आज एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य ८.८९ प्रतिशतले बढेको छ । यससँगै, फण्डको मूल्य प्रतिकित्ता ०.८० रुपैयाँले बढेर ८.२० रुपैयाँ पुगेको हो । आज कारोबार भएका सबै १३ वटा समूहमा गिरावट आएको छ ।

Comments are closed.