पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको छ -रवि लामिछाने

काठमाडौं, बैशाख ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

शनिबार इलाममा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै लामिछानेले बर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिद्धाउने षडयन्त्र भइरहेको बताउनुभएको हो । उहाले रास्वपालाई सिद्धाउने षडयन्त्र भएपनि जनताले उठाएको शक्तिलाई सक्काउने ताकत कसैसंग नरहेको धारणा राख्नुभयो ।

लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताउनुभयो । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने उहाले बताउनुभयो ।

उपप्रधान एवं गृहमन्त्री समेत रहनुभएका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो ।

Comments are closed.