माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी ब‌ैठक बसिरहेको छ ।
बिहान साढे आठ बजे देखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले अघिल्ला बैठकहरूमा उठेका सवालहरूको जवाफ दिने र समसामयिक राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्ने कार्यसूची छ ।
पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले केहीबेर अघि देखि बैठक बसिरहेको जानकारी दिनुभयो ।
हालै मात्र विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । माओवादीले चैत एक गतेदेखि तराई–मधेशमा अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ ।
आजको बैठकले तराई–मधेश अभियान र उत्तर–दक्षिण अभियानका विषयमा टुंगो लगाउने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

Comments are closed.