रेखा–पवन स्रष्टा सम्मान’ घोषणा, १५ लाखको अक्षयकोष स्थापना

काठमाडौँ, १४ फागुन २०८० । नेपाली साहित्य क्षेत्रमा एउटा ठूलो पुरस्कार र सम्मानको स्थापना भएको छ । साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा ‘रेखा–पवन स्रष्टा सम्मान’ को घोषणा गरिएको हो । आज काठमाडौँको अनामनगरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाल स्रष्टा समाजले सो पुरस्कारको घोषणा गरेको छ ।

कँडेल दम्पतिका छोरी, छोरा–बुहारी पाँचजना मिलेर सो पुरस्कारको स्थापना गरेका हुन् । पुरस्कार संस्थापकमा छोरीहरु विमला कँडेल, रीता कँडेल, अनिता कँडेल र छोरा सुनिल कँडेल तथा बुहारी माला कटुवाल कँडेल रहनु भएको छ । उहाँहरुले संयुक्त रुपमा तीन–तीन लाख जम्मा गरेर १५ लाखको कोष खडा गर्नुभएको छ ।

Comments are closed.