मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरु लगायत जडीवुटी, आयुर्वेदिक जन्य बस्तुहरु पनि प्रर्दशनीमा राखिएका छन् । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनी एवं बिक्रीका लागि राखिएको छ । छैटौं चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी भण्डारीले उद्घाटन गरे । एक्स्पोको उद्घाटन गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए । उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाई छ । उनले मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको समेत बताए । मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यवसायिक गतिविधीलाई बढाउन व्यापारमेला आयोजना गरिएको बताए । छैटौं व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिईने जनाएको छ । सम्वोधनका क्रममा अध्यक्ष मल्लले विदेशबाट आउने बस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि बस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे । उनले भने ‘अन्तराष्ट्रिय स्तरको एक्स्पो स्थल स्थापना गर्न सकिए यसले मुलुकको निर्यात व्यापारलाई थप टेवा पुग्छ भन्ने सरकार समक्ष आग्रह गर्दछु, ।’ मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले भने ‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ, ।’ चेम्बर एक्स्पोलाई सम्वोधन गर्दै वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए । उनले भने ‘माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपुर्ण सहयोग गर्छ भन्ने मेरो विश्वास छ । यस्ता खाले व्यापार मेला केन्द्रखेखि स्थानीय तहसम्मै गर्नका लागि सरकारले नीतिगत व्यवस्था पनि गरिरहेको छ, ।’ उत्पादन र उपभोक्तालाई एकैठाउँमा जोड्न पनि मेला निकै फलदायी भएको वाणिज्य सचिव मरासिनीको भनाई छ । मुलुकमा ९ खर्व रुपैयाँ भन्दा बढीको निर्यात क्षमता भएपनि यसको पहिचान हुन नसकेको उनले बताए । मेला आज बिहिबारदेखि आगामी ८ गते सम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी उद्योगी व्यवसायीसंगै भारत, बंगलादेश पाकिस्तान लगायतका मुलुकका उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका बिरुद्धको घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य शक्त भएर काम गर्न आवश्यक रहेको बताए ।

उनले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिनेगरी छानबिन हुन जरुरी रहेको उल्लेख गरे । लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण। सिसिटिभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न माग गरे । उनले समाजमा नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगर्न चेतावनी दिए ।

उनले भने ‘नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका बिरुद्धको घात हो, गम्भीर अपराध हो । त्यस अर्थमा यस्ता घटनाप्रति राज्य अत्यन्त शक्त हुनुपर्छ भन्ने पार्टीको मान्यता छ, त्यही आधारमा हामीले सरकारलाई भनेका पनि छौँ । राजनीतिक आग्रह,पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष छानबिनका माध्यमबाट दोषी कोही नउम्किउन्, निर्दोष कसैलाई फसाउने काम नहोस्, यो मान्यताका आधारमा नक्कली भूटानी शरणार्थीको प्रकरणलाई टुंगो लगाउनुपर्छ । नक्कली आरोप लगाउन छोडौँ, कुनैपनि विषयमा आशंका र अविश्वास छ भने छानबिन गरौँ, सबै छानबिनका लागि तयार हुनुपर्छ । शिविर घोटालाका सन्दर्भमा भएको त्यति ठूलो भ्रष्टाचार लुकाउन मिल्दैन, छानबिन गरौँ, बालुवाटार लगायत अनेकौँ प्रकारका घटनाहरुको छानबिन गरौँ । राजश्वका दरहरु हेरफेर गरिकन निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने सिसिटिभी फुटेज प्रकरण पनि छानबिन गरौँ, तर समाजलाई नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगरौँ ।’

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवारी रहेको बताए । उनले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताए । उनले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमति उठ्ने गरेको तर अहिले राज्शव नै उठ्न नसक्नुको कारण माग गरे ।

उनले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्सहीत गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको दाबी गरे ।

उनले भने ‘आर्थिक संकट के कारणले उत्पन्न भयो, नेपाली समाजको सामथ्र्य कमजोर भएर आर्थिक संकट कमजोर भएको हो ? होइन । नेपाली समाजमा सामथ्र्य छ, तर त्यो सामथ्र्यलाई राज्य सञ्चालकहरुको गलत ढंगले प्रयोग गरेका कारणले आज मुलुक संकटमा छ, एक प्रकारले भन्नुहुन्छ भने जति बेला नेकपा एमाले सरकारमा आउँछ, हरेक पटक राजश्व वृद्धि हुन्छ । अहिले राजश्व नउठेर हालत चौपट भएको छ । त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनुपर्दैन । गल्ती गर्ने सत्ता गठबन्धनले, प्रचण्ड देउवाको मिलेमतोमा मुलुकलाई आर्थिक संकटमा पुर्याउने, त्यसको भारी कसलाई बोकाइदिने भन्दा पुराना पार्टी सबै असफल भए भन्ने, असफल हुन एमालेका पालामा एमालेले नगरेको हुनपर्यो नि ? एमालेको पालमा सदैव राजश्व वृद्धि हुने, विदेशी मुद्राको सञ्चिति सधैँ राम्रो हुने, पुँजीगत खर्च राम्रो हुने विकासले गति लिने तर आफू असफल भएपछि एमालेलाई दोष बोकाइदिने, एमाले हटाएपछि राज्यमा संकट उत्पन्न भएको छ । वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्सहीत गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको छ ।’

महासचिव पोखरेलले विद्यार्थी संगठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताए ।

Comments are closed.