Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

वैदेशिक रोजगार विभागमा विचौलियाको घेराबन्दी: बार्गेनिङ गर्नेहरूको गतिविधि बढेपछि कडाइ, विभागबाट १३ विचौलिया पक्राउ

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News
0
वैदेशिक रोजगार विभागमा विचौलियाको घेराबन्दी: बार्गेनिङ गर्नेहरूको गतिविधि बढेपछि कडाइ, विभागबाट १३ विचौलिया पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — वैदेशिक रोजगार विभाग ताहाचलबाट विचौलियाको काम गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार १३ जनालाई पक्राउ गरेको हो ।वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा विचौलियाले घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।
श्रम स्वीकृतीका लागि विभागमा जाने सेवाग्राहीहरुलाई दु:ख हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको प्रहरीले बताएको छ ।पक्राउ पुर्जी जारी गरिदिन सहयोग गर्ने साथै वैदैशिक रोजगार मुद्दाका संलग्नहरूलाई आफ्नो समूहले पक्राउ गरिदिने जस्ता झुट्ठा प्रलोभन देखाइ मोलमोलाइ गर्ने गरेको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगार विभाग परिसरमा पछिल्ला केही दिनयता विचौलिया समूहहरूले सेवा लिने नागरिकलाई विभिन्न बहानामा रोक्ने, घेराबन्दी गर्ने तथा रकम बार्गेनिङ गर्ने गतिविधि बढेको भेटिएपछि विभागले कडाइका साथ निगरानी थाल्ने भएको छ।
विभागका अनुसार कतिपय दलालहरू ‘छिटो काम मिलाइदिन्छौँ’, ‘फाइल अघि बढाइदिन्छौँ’ जस्ता प्रलोभन देखाउँदै सेवाग्राहीलाई कार्यालय बाहिरमै रोक्ने र अवैध शुल्क माग्ने गतिविधि बढिरहेको पाइएको हो। विभागले यस्तो व्यवहारले रोजगारीका लागि वैदेशिक तयारीमा रहेका श्रमिकहरू ठगिन सक्ने भन्दै तत्काल नियन्त्रण आवश्यक ठानेको छ।
यसअघि पनि विभागले कार्यालय परिसरभित्र दलाल प्रवेशमा रोक लगाएको थियो। तर बाहिरका क्षेत्रहरूमा सक्रियतापूर्वक कार्यरत समूहहरूले विभिन्न नाम र पहिचान प्रयोग गरी नयाँ–नयाँ शैलीमा सेवाग्राहीलाई लक्ष्य बनाइरहेको विभागको भनाइ छ।विभागले सुरक्षा निकायसँग समन्वय गरी नियमित अनुगमन, CCTV निरीक्षण र अनधिकृत व्यक्ति प्रवेशमा कडाइ गर्ने तथा ठगीमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।सेवाग्राहीलाई आधिकारिक प्रक्रियाबाट मात्रै काम गर्न र कुनै पनि अवैध शुल्क नतिर्न विभागले अनुरोध गरेको छ।

Advertisement Banner
Previous Post

सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन

Next Post

कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा

Editorial Team

Editorial Team

Next Post
कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा

कृष्णभूषण बल सिर्जना सम्मान २०८१' को घोषणा

Recommended

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण

5 months ago
US President says, US to open up soon all commercial airspace over Venezuela

US President says, US to open up soon all commercial airspace over Venezuela

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.