संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सबै दलकाे सहमतिमा केही दिनमै पारित हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा नै सो विधेयक संसदबाट पारित हुने दाबीसमेत गरे ।

प्रधानमन्त्री दाहालले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई सहिदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताए । शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्रै टुंगोमा पुर्याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई सहिद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताए । प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको अन्तरिम आदेशका कारण रोकिएको समेत स्पष्ट पारे । उनले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि उनले दोहोर्याए ।

Comments are closed.