सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारी छ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताहरूबीच आधा घण्टा छलफल भएको हो।
छलफल पछि ओली र लामिछाने संसद भवन पुगेका छन्।कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ ।यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

Comments are closed.