स्ववियु निर्वाचन : पीएन क्याम्पसको निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले लगाए ताला

पोखरा । स्ववियु निर्वाचन सम्बन्धी सूचना चुहाएको आरोपमा विद्यार्थी संगठनहरुले पीएन क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारीले मतदाताको नामावली प्रकाशन अघि नै केही सूचनाहरू आफू निकट सङ्गठनलाई सूचना पठाएको आरोप विद्यार्थी संगठनहरुको छ ।

४ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति टाँसेर कार्यालयमा ताला लगाएका हुन् । त्रिभुवन विश्वविद्यालये चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ । अहिले विद्यार्थीहरू चुनावी तयारीमा होमिइसकेका छन् । अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी विप्लव, अखिल छैटौँ र अखिल क्रान्तिकारी संयुक्तले क्याम्पस प्रशासनको विरोध जनाएका छन् ।

निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावली प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै मतदाता नामावली पत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको आरोप उनीहरूको छ । त्रिभुवन विश्वविद्यालय मार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुनः प्रकाशित गर्नुपर्ने माग संगठनहरुको छ ।

Comments are closed.