प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

ठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

अदालतले द्वन्द्व पीडितले दायर गरेको उत्त रिटको सुनुवाइ लागि शुक्रबारकाे पेशी तोकिएको छ ।आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिटकाे पेशी तोकिएको थियो ।

तर  श्रेष्ठको एकल इजलास नबस्दा सुनुवाई  नै नभएको बताइएको छ ।प्रचण्ड विरुद्ध  सोमबार द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जिविवास गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए । ०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वमा मारिएका १७ हजार मध्ये ५ हजार व्यक्तिकाे हत्याको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । त्यो पछि उनी विवादमा मुछिएका छन् ।

गत मंगलबार प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । माओवादी द्वन्द्वकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रूपमा प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

उनलाई तत्काल पक्राउ गरी कारभाइ गर्नुपर्ने आवाजहरू समेत उठेका छन् । उनले प्रधानमन्त्रीबाट राजीनामा दिएर अदालतलाई अनुसन्धानका लागि सहयोग गर्ने समेत आम नागरिकले भनिरहेका छन् ।

Comments are closed.