Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काठमाडौँमा सुन लुट्ने १० जना पक्राउ

Editorial Team by Editorial Team
January 30, 2026
in Nepal, News
0
काठमाडौँमा सुन लुट्ने १० जना पक्राउ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता सक्रिय रहँदै आएको सुनका सिक्री तथा गरगहना लुट्ने संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालाजु र बौद्ध क्षेत्र केन्द्रित भएर रातको समयमा लुटपाट गर्दै आएको गिरोहका सिन्धुलीका दुईजना सहित १० जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार बिहान गिरोहका मुख्य नाइके विनय तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिएपछि क्रमशः अन्य ९ जना पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानमा यो गिरोह योजनाबद्ध रूपमा राति मोटरसाइकल प्रयोग गरी सुनका गरगहना लगाएका महिला तथा पैदल यात्रीलाई लक्षित गर्दै लुटपाट गर्दै आएको खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सिन्धुलीका आयान माझी र विशाल माझी छन् । त्यस्तै काभ्रेका निमा भनिने सलोन तामाङ, विनय तामाङ, राजीव भण्डारी र टाउके भनिने पेमा तामाङ, सिन्धुपाल्चोकका फुर्वा तामाङ, रामेछापका विशाल तामाङ, मोरङका मनिष रसाइली र खोटाङका विदुर विश्वकर्मा पनि पक्राउ परेका छन् ।
गिरोहले लुटपाटमा प्रयोग गर्दै आएका ६ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बरामद भएका मोटसाइकलहरूमा बा ९४ प ६१४ नम्बरको कालो पल्सर, बा ६३ प ४२१ नम्बरको कालो पल्सर, बा. प्र. ०२–१०६ १८५६ नम्बरको सेतो एनएस, बा ७० प २९८० नम्बरको केटीएम आरसी, प्र ३–०२–००७ प ७८०६ नम्बरको मोटरसाइकल (प्रहरीले ब्रान्ड खुलाएको छैन) र बा ३६ प ८२३० नम्बरको पल्सर छन् ।
बरामद मोटरसाइकल फरक–फरक स्थानमा राखी सदस्यहरू एकान्त ठाउँमा बसेर सुनका गरगहना लगाएका महिलाको ‘रेकी’ गर्ने र मौका मिल्नेबित्तिकै लुटपाट गरी फरार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
माघ १२ गते बिहान गोकर्णेश्वर नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक हिँडिरहेकी महिलालाई हतियार देखाएर एक तोलाको बेरुवा औँठी, सुनको मुन्द्रा र नगद १५ हजार रुपैयाँ लुटिएको थियो । सोही दिन बिहानै पानी लिएर फर्किँदै गरेकी अर्की महिलाको कानमा लगाएको सुनको मुन्द्रा लुटिएको उजुरी पनि परेको थियो । आधा घण्टाको अन्तरालमा एउटै शैलीमा भएका यी घटनाले प्रहरीलाई सक्रिय अनुसन्धानमा जुट्न बाध्य बनाएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश पटके अभियुक्त हुन्। मुख्य नाइके विनय तामाङ यसअघि पनि चोरी तथा लुटपाट मुद्दामा कारागार बसेर छुटेका व्यक्ति हुन् । अन्य अभियुक्तहरूविरुद्ध पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी तथा लुटपाटका मुद्दा दर्ता भइसकेका छन् ।
अनुसन्धानका क्रममा यो समूह दिनभर ट्याक्सी चलाउने र राति १२ बजेपछि दुई मोटरसाइकलमा तीन–तीन जना सवार भई लुटपाट गर्ने र पछि ट्याक्सी वा कार प्रयोग गरी फरार हुने गरेको पाइएको छ । प्रहरीका विभिन्न युनिटमा यसै प्रकारका लुटपाटका २७ वटा उजुरी परेको जनाइएको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी रहेको छ ।

Advertisement Banner
Previous Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. संगिता सिंह भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

Next Post

सहिद दिवस :आज देशभर सहिद दिवस मनाइँदै

Editorial Team

Editorial Team

Next Post

सहिद दिवस :आज देशभर सहिद दिवस मनाइँदै

Recommended

Nepal Embassy in South Africa & NRNs have helped huge flood victims of different area of South Africa by providing relief materials & monetary help

Nepal Embassy in South Africa & NRNs have helped huge flood victims of different area of South Africa by providing relief materials & monetary help

4 years ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Martin Raiser Appointed World Bank Vice President for South Asia

4 years ago

Don't Miss

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.