लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छानिए

सर्लाही : लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ ।

भाषा, कला, साहित्य, सङ्‌गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्राडा ध्रुवेशचन्द्र रेग्मीको नेपाली सङ्‌गीत दरबार,धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्‍नहरू त बाँकी नै रहन्छन्, खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान परेको विज्ञप्तिमा जनाइएको छ ।

वाङ्‌मय परिषद्लाई प्राप्त कृतिहरूमध्ये सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्‌मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए ।

सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति छनोट गरी सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्‌‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारगरी-२०८१ प्रदान गरिने उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त पुरस्कारको राशि नगद रु ५० हजार र प्रमाणपत्र रहेको छ।

null

Comments are closed.