Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

यमनमा हुथी आक्रमणमा ३८ सरकारी सैनिक मारिए, २९ घाइते

Editorial Team by Editorial Team
August 7, 2026
in News, World
0
यमनमा हुथी आक्रमणमा ३८ सरकारी सैनिक मारिए, २९ घाइते
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- यमनमा हुथी विद्रोही समूहले गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ३८ सरकारी सैनिकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। दुई फरक चिकित्सा स्रोतलाई उद्धृत गर्दै एएफपीले यसलाई पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको जनाएको छ।

सैन्य स्रोतका अनुसार मध्य यमनको मरिब प्रान्तस्थित अल–रुवाइक सैन्य शिविर तथा साउदी अरेबियाको सीमाक्षेत्र नजिक हद्रमाउत प्रान्तका अल–अब्र र अल–वदियाह क्षेत्रका सैन्य शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो।

सुरक्षाका कारण नाम गोप्य राखिएको एक सैन्य अधिकारीका अनुसार मरिबस्थित शिविरमा बिहान सैनिकहरू तयारीमा रहेका बेला मिसाइल प्रहार गरिएको थियो। उक्त आक्रमणमा कम्तीमा ३८ सरकारी सैनिकसहित ४५ जनाको मृत्यु भएको र अन्य केही घाइते भएको उनले बताएका छन्।

एक दशकभन्दा लामो समयदेखि द्वन्द्वमा फसेको यमन पछिल्लो समय अमेरिका–इरान तनावको प्रभावमा पनि परेको छ। तेहरान समर्थित हुथी विद्रोहीहरूले सन् २०२२ मा साउदी समर्थित सरकारसँग भएको युद्धविराम तोड्दै पुनः आक्रमण तीव्र बनाएका छन्।

हालै हुथीहरूले राजधानी सानाका लागि इरानी विमानको प्रत्यक्ष उडानलाई स्वागत गरेपछि तनाव थप चुलिएको थियो। त्यसपछि उनीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै तेल ट्याङ्करहरूलाई समेत निशाना बनाउन थालेका छन्।

गत महिना पनि हुथी विद्रोहीहरूले होदइदा बन्दरगाह शहरको दक्षिणमा सरकारी फौजमाथि आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको थियो।

सन् २०१४ देखि जारी यमनको गृहयुद्धमा लाखौँ मानिस प्रभावित भएका छन् भने देश गम्भीर मानवीय संकटबाट गुज्रिरहेको छ। हाल हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरका अधिकांश क्षेत्र नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले दक्षिणी क्षेत्रको ठूलो हिस्सा नियन्त्रणमा राखेको छ। संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् २०२२ मा भएको युद्धविरामको औपचारिक अवधि सकिए पनि केही समयसम्म द्वन्द्व अपेक्षाकृत शान्त रहेको थियो।

Advertisement Banner
Previous Post

सान फ्रान्सिस्कास्थित नेपाली महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा

Next Post

अमेरिकाविरुद्ध चीनको नयाँ प्रतिबन्ध, व्यापारिक तनाव फेरि चुलियो

Editorial Team

Editorial Team

Next Post
अमेरिकाविरुद्ध चीनको नयाँ प्रतिबन्ध, व्यापारिक तनाव फेरि चुलियो

अमेरिकाविरुद्ध चीनको नयाँ प्रतिबन्ध, व्यापारिक तनाव फेरि चुलियो

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Western and Central African Leaders Endorse a New Roadmap to Tackle the Learning Crisis

4 years ago
ADB President Joins King Charles III at Roundtable on Private Capital Mobilization for Sustainable Development

ADB President Joins King Charles III at Roundtable on Private Capital Mobilization for Sustainable Development

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.