Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सान फ्रान्सिस्कास्थित नेपाली महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा

Editorial Team by Editorial Team
August 7, 2026
in Nepal, News
0
सान फ्रान्सिस्कास्थित नेपाली महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा रहेको नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गते (अगस्ट ३१, २०२६) सम्म मात्र राहदानी तथा कन्सुलर सेवा उपलब्ध हुने भएको छ।

महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार कार्यालय बन्द गर्ने प्रक्रिया सुरु भएकाले उक्त मितिसम्म मात्रै सेवा प्रवाह गरिने जनाएको हो।

सूचनाअनुसार भदौ १५ पछि महावाणिज्यदूतावासबाट राहदानी तथा अन्य कन्सुलर सेवा पूर्ण रूपमा बन्द हुनेछ। त्यसैले आवश्यक सेवा लिनुपर्ने सेवाग्राहीलाई तोकिएको समयभित्रै सेवा प्राप्त गर्न महावाणिज्यदूतावासले अनुरोध गरेको छ।

यसैबीच, जुलाई ६, २०२६ सम्म महावाणिज्यदूतावासमा प्रत्यक्ष उपस्थित भएर वा घुम्ती राहदानी सेवा मार्फत आवेदन दिएका सेवाग्राहीका नयाँ राहदानी तयार भई महावाणिज्यदूतावासमा आइपुगेको पनि सूचनामा उल्लेख गरिएको छ।

महावाणिज्यदूतावासले राहदानी बुझ्न बाँकी रहेका सबै आवेदकलाई यथाशीघ्र उपस्थित भई आफ्नो राहदानी बुझिलिन आग्रह गरेको छ।

Advertisement Banner
Previous Post

आजदेखि प्रदर्शनमा ‘हली’ र ‘कमला मिस’

Next Post

यमनमा हुथी आक्रमणमा ३८ सरकारी सैनिक मारिए, २९ घाइते

Editorial Team

Editorial Team

Next Post
यमनमा हुथी आक्रमणमा ३८ सरकारी सैनिक मारिए, २९ घाइते

यमनमा हुथी आक्रमणमा ३८ सरकारी सैनिक मारिए, २९ घाइते

Recommended

Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Govt to raise Rs 6 billion through five-year development bonds

6 months ago
नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

9 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.