Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News
0
समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ।आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो।सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मंसिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए।
सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भएपनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिन्ह कायम भएको उनको भनाइ छ।आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसंख्या र निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ। अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरेको छ।
आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौंमा हलो, छैटौंमा ढल्केको छाता, सातौंमा लाउड स्पिकर चुनाव चिन्ह निर्धारण गरेको छ।त्यसैगरी पिंध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिन्ह रहने छन्।
यसैगरी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गरेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया ९जाँतो० चुनाव चिन्ह पाएको छ।नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिन्ह पाएको आयोगले जनाएको छ।

Advertisement Banner
Previous Post

म ढुक्कले भन्न सक्छु नेकपा एमाले अजम्बरी छ: केपी शर्मा ओली

Next Post

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

Editorial Team

Editorial Team

Next Post
थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

Recommended

Super Khudi Hydropower to launch IPO on February 16

Super Khudi Hydropower to launch IPO on February 16

7 months ago
NRB reports stable economy with forex reserves at USD 21.52 billion

Nepal Rastra Bank proposes phased plan for capital account liberalization

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.