Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Lumbini Province

१६औँ कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन

Editorial Team by Editorial Team
December 5, 2025
in Lumbini Province, Nepal, News
0
१६औँ कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी, १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी एक समारोहकाबीच औपचारिक रूपमा सुरु गरिएको छ। लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा। श्री बोधी बिदेश सुपोतले महोत्सवको उद्घाटन गर्दै नेपालसहित विश्वभर शान्ति स्थापनाको कामना व्यक्त गरेका थिए । सोही क्रमलाई शान्तिका प्रतीकात्मक बनाउन परेवा उडाइएर शान्तिको सन्देश प्रवाह गरिएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधानसभा सदस्य अत्तहर कमाल मुसलमानले समाजमा बढ्दो नकारात्मकता र सर्वसाधारण तथा नेतृत्वबीचको दूरी अन्त्य गर्नुपर्ने आवश्यकता औलाएका थिए । उनले विगतका तुलनामा विकासका काम अघि बढे पनि सुशासन कायममा अझै सुधार आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान गराउने तथा स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । स्थानीय मौलिक संस्कृति, परम्परा र लोप हुँदै गएका पहिचानहरूको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका थिए ।

नगरप्रमुख चक्रपाणी अर्याल, एमाले कपिलवस्तु अध्यक्ष बाबुराम खनाल, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश बहादुर क्षेत्री, युवा व्यवसायी आशिष शर्मा र युवा नेता शक्ति सिंह ठकुरी लगायतका वक्ताहरूले महोत्सव जिल्लाको उद्योग, व्यापार, पर्यटन र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउनेमा विश्वास व्यक्त गरे।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बाणगंगा–४ बुद्ध रंगशालामा सञ्चालनमा आएको महोत्सव पुस १ गतेसम्म चल्नेछ। महोत्सवमा कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय तथा घरेलु उत्पादन, ‘सोनो सिटी’, ‘जलपरी’, ‘सुनामी पिङ’ लगायतका आकर्षक संरचना, १४औँ कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, बालउद्यान, व्यापारिक प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन्।
आयोजकको अपेक्षा अनुसार बाणगंगा मात्र नभई आसपासका जिल्लाबाट पनि ठूलो संख्यामा दर्शक आउने अनुमान गरिएको छ। स्थानीय तह, उद्योगी–व्यवसायी र सरोकारवालाको सहकार्यमा आयोजना हुने महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादनको प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
तीन बुद्धसँग ऐतिहासिक रूपमा जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला–महोत्सवहरूले जिल्लाको पहिचान सुदृढ गर्दै समग्र विकासमा टेवा पुर्‍याउँदै आएको मानिन्छ।

Advertisement Banner
Previous Post

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

Next Post

If Europe wants to fight, we are ready: Putin

Editorial Team

Editorial Team

Next Post
If Europe wants to fight, we are ready: Putin

If Europe wants to fight, we are ready: Putin

Recommended

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

Three customs officials arrested at Tribhuvan International Airport with bribe money

5 months ago

‘बा-आमा’ लिएर आए शिशिर याेगी

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.