साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित

१३ चैत्र, काठमाडौँ

काठमाडौँ १२ चैत्र, ओरिएन्ट कलेज बसुन्धराको सभा हलमा बहुमुखी प्रतिभाकी धनी वरिष्ठ बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेल तथा आख्यानकार तथा नियात्राकार प्रभा बराललाई बलरामटोपली साहित्य प्रतिष्ठान द्वारा सम्मानित गरिएको

वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका प्राध्यापक श्री पूर्णप्रसाद अधिकारीले आफ्ना माता पिताको सम्मानमा २०६८ सालमा बलराम वाङ्मय प्रतिष्ठान स्थापना गर्नुभएको थियो उक्त वाङ्मय प्रतिष्ठानमा मातापिताको नाममा बलराम स्मृति पुरस्कार टोपलीदेवी स्मृति पुरस्कार स्थापना गरिएको बलराम वाङ्मय पुरस्कार साहित्यकार गंगा कर्माचार्य पौडेलको साहित्यिक योगदानमाथि प्रदान गरिएको थियो पुरस्कृत दुवै व्यक्तित्वलाई वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले नगद पुरस्कार सम्मान पत्र प्रदान गर्नुभयो माता पितालाई अमर बनाउन यस्तो पुरस्कार स्थापना गर्नु साहित्यका साधकलाई अर्पण गरी हौसला प्रदान गर्नु एकदमै अनुकरणीय कार्य रहेको कुरा कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज भट्टराईले व्यक्त गर्नुभयो नियात्राकार रुकु कार्की राजेन्द्रमान डंगोलले पुरस्कृत व्यक्तित्वलाई बधाई एवम् शुभकामना मन्तव्य दिनुभएको थियो भने पुरस्कृत व्यक्तित्वले पनि पुरस्कारबाट आफूलाई हौसला मिलेको भन्दै आगामी दिनमा अझै बढी मिहिनेत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो प्राध्यापक कपिल अज्ञातले कार्यक्रम सञ्चालनसहित पुरस्कृत स्रष्टाको परिचयबारे मन्तव्य राख्नुभएको थियो कार्यक्रम बलराम वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्री पूर्णप्रसाद अधिकारीको सभापतित्वमा भएको थियो यो पुरस्कार पहिलोपटक नारी साहित्यकारलाई अर्पण गर्न पाउँदा गर्वबोध भएको कुरा उहाँले बताउनुभयो

Comments are closed.