Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

himalaya Diary News Service by himalaya Diary News Service
March 27, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ चैत्र, भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको ‘उत्तमशान्ति पुरस्कार’ एक समारोहबीच प्रदान गरिएको छ । गत जेठ १२ मा प्रदान गरिनु पर्ने पुरस्कार कोविड-१९ का कारणले ढिलो हुन गई शनिवार प्रदान गरिएको हो ।

२७ वर्षको उमेरमै “श्रष्टा र साहित्य” नामक अन्तर्वार्ता कृतिमा मदन पुरस्कार प्राप्त गर्नु भएका उत्तम कुँवर कुनै समय ‘रूपरेखा’ नामक प्रख्यात साहित्यिक पत्रिकाका प्रकाशक र सम्पादक हुनुहुन्थ्यो । ४३ वर्षको उमेरमै दिवंगत हुनुभएका कुँवरको देहावसानपछि उहाँकी धर्मपत्नि शान्ति कुँवरले यो पुरस्कारको स्थापना गर्नुभएको हो । उहाँको पनि देहावसान भएपछि ‘उत्तमशान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो । हाल १ लाख राशि रहेको यो पुरस्कार वर्षभरि प्रकाशित गैरआख्यान कृतिमध्ये चयन समितिबाट उचित ठानिएको कुनै एक कृतिलाई प्रदान गरिन्छ । विगतमा यस पुरस्कारबाट मंजुल, लैनसिंह वाङ्देल,अम्बर गुरूङ, कृष्ण धरावासी, झमक घिमिरे, रामेश, गणेश रसिक, नारायण ढकाल, भुपिन, रविन्द्र समिर, कर्ण शाक्य, दुर्गा घिमिरे लगायतले यो पुरस्कार प्राप्त गरिसक्नु भएको छ । २०७८ सालभरिमा प्रकाशित गैरआख्यान कृतिलाई आउँदो जेठ १२ गते पुरस्कार समर्पण गरिनेछ र त्यसका लागि ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले कृतिको आह्वान गरिसकेको छ ।

‘विगत र बाडुली’ मा लेखक भारती गौतमले कतिपय निजात्मक अनुभूतिलाई विचार, कला र संवेदना मार्फत समकालीन समाज र त्यसभित्रका मानवीय सम्बन्धका अनेक आयामहरूको चर्चा गर्नुभएको छ । सरल भाषा मार्फत जीवन जगतका जटिल कुराहरूलाई अभिव्यक्त गर्न सफल भएवापत लेखक भारती गौतमलाई २०७७ सालको उत्तमशान्ति पुरस्कार प्रदान गरिएको व्यहोरा गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Advertisement Banner
Previous Post

कवि हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण

Next Post

‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

Recommended

IFC and Nepal Stock Exchange Ring the Bell for Gender Equality

IFC and Nepal Stock Exchange Ring the Bell for Gender Equality

4 years ago
Forty-nine candidates withdraw their nominations across the country so far

Forty-nine candidates withdraw their nominations across the country so far

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.