Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

Editorial Team by Editorial Team
December 15, 2025
in Awards, Literature, Nepal, News
0
जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-– जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरेको छ।
जनमत वाङ्मय प्रतिष्ठानले बर्सेनि प्रदान गरिँदै आएका ती सम्मानहरू धेरै भएकाले यस वर्ष विभिन्न स्रष्टालाई दुई पटक (मङ्सिर र चैत्र) मा प्रदान गरिने अध्यक्ष मोहन दुवालले बताए।
आआफ्नो विधामा लामो समयदेखि निरन्तर रूपमा संलग्न रही योगदान पुर्‍याउँदै आएका स्रष्टाहरूलाई यो सम्मान अर्पिएको पनि अध्यक्ष दुवालले बताए।
विभिन्न विधामा सम्मानित हुने स्रष्टाहरूमा नियात्राकार तथा लेखक निर्मोही व्यासलाई २०८१ सालको ‘दीपा-जनमत सम्मान’ अर्पिएको थियो।
त्यसैगरी ‘जनमत-महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश, गणेश (खिलकुमारी दुवाल-जनमत सम्मान’ श्याम तमोट, ‘केवलपुरे-जनमत सम्मान’ खेमराज निरौला, ‘कमला सैंजू-जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ, ‘जनमत-राजभाइ सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य, ‘भारती-जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल र जनमत-केदार-सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारीलाई अर्पिएको थियो।
उक्त कार्यक्रममा सम्बन्धित विधाका अग्रजहरूले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र अर्पिएको थियो। यसरी सम्मान प्रदान गर्नेहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, उपसभामुख इन्दिरा राना मगर, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, साहित्यकार रामप्रसाद पन्त, कवि कृष्ण प्रधान र इन्दिरा श्रेष्ठ रहेका थिए।
दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित ८ स्रष्टाको परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका सदस्य सिर्जना दुवालले स्वागत मन्तव्यसँगै स्वागतगान बजाएर सबैको स्वागत गरेकी थिइन्।

 

Advertisement Banner
Previous Post

देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

Next Post

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

Recommended

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

7 months ago
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

9 months ago

Don't Miss

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

Gagan Kumar Thapa says BP Koirala’s ideas should not be interpreted to suit personal interests

August 16, 2026
Nepali Congress dissident faction passes 5 reports with amendments

Nepali Congress dissident faction passes 5 reports with amendments

August 16, 2026
Indian Army chief arrives in Kathmandu for four-day visit

Indian Army chief arrives in Kathmandu for four-day visit

August 16, 2026
Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.