Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको होः डा=सत्यमोहन जोशी

himalaya Diary News Service by himalaya Diary News Service
March 28, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको होः डा=सत्यमोहन जोशी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वाङ्मय शताब्दी पुरुष डा= सत्यमोहन जोशीले देशमा बालसाहित्य

संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको

छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका

अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित

सुविधा सम्पन्न क्याफे भोजघरमा आयोजित कार्तिकेय बालप्रतिभा

पुरस्कार तथा बालसाहित्य लेखक सम्मान समारोह २०७८ को

क्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले उक्त धारणा व्यक्त

गर्नुभएको हो ।

मन्तव्यका क्रममा उहाँले बालबालिकाले असल बालसाहित्य पढ्न

पाउनु उनीहरुको अधिकार हो भन्ने कुरामा राज्य त्यति जिम्मोवार

देखिएको छैन । बालसाहित्य संगठानहरु पनि सानो सानो समूहमा

एक्ला एक्लै सक्रिय हुँदा नेपाली बालसाहित्यले फड्को मार्न नसकेको

हो भन्नुभयो ।

कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा

सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ बालसाहित्य लेखक, समीक्षक र

विलक्षण बालप्रतिभाहरुलाई पुरस्कृत गरियो । ट्रस्टका सचिव महेश

पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्दै पुरस्कृत र सम्मानित

प्रतिभाबारे प्रकाश पार्नु भएको थियो ।

जस अनुसार वरिष्ठ बालसाहित्य लेखक सम्मानबाट २०७७ का लागि

कल्पना प्रधान, गोपाल पराजुली र २०७८ का लागि रामबाबु सुवेदी

र डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित हुनुभएको थियो । त्यस्तै

उत्कृष्ट समीक्षक सम्मानबाट अरुण नदी खत्री सम्मानित हुनुभयो ।

समारोहमा विविध विधाका आधा दर्जन बालप्रतिभाहरुलाई पुरस्कृत

गरिएको थियो । जस अनुसार अभिनय विधामा मयूर बस्नेत, सिर्जना

विधामा कर्णसिंह खड्का र आरम्भ अधिकारी, साहस विधामा मुस्कान

खातून र चित्रकलामा सन्ध्या कार्की पुरस्कृत हुनुभयो ।

त्यस्तै ट्रस्टले वर्ष २०७८ का लागि बालसाहित्य प्रवर्धन पत्रकारिता

पुरस्कार केटाकेटी अनलाइनका उपसम्पादक सरिता अर्याल र

उत्कृष्ट युवा चित्रकार पुरस्कार चित्रकार विनीता बुद्धाचार्यलाई प्रदान

गरेको छ ।

कार्तिकेय ट्रस्ट नेपाल बालसाहित्य लेखक कार्तिकेय घिमिरेको

लेखकस्वबाट स्थापित ट्रस्ट हो । यस ट्रस्टले हालसम्म १ सय बढी

बालप्रतिभा र ५० बढी वरिष्ठ लेखक तथा युवा प्रतिभाहरुलाई

पुरस्कृत र सम्मानित गरिसकेको छ ।

उक्त समारोहमा चन्द्रागिरि नगरपालिका वडा नं. १५, काठमाडौँका

वडा अध्यक्ष उत्तम बहादुर राउतले आफ्नो वडामा बालसाहित्य

प्रवर्धनका लागि १५ लाखको कोष बनाउने घोषणा गर्नुभएको थियो ।

समारोहमा नेशनल ओपन कलेज, सानेपा, ललितपुरका प्रमुख शीतल

कुमार काकीर्, ब्राइट फ्युचर हाइस्कुल, तीनथाना, नैकाप, काठमाडौँका

प्रिन्सिपल दयाराम थापा, क्वेस्ट नेपालका अध्यक्ष एवम् ग्यालेक्सी

पब्लिक स्कुलका प्रिन्सिपल सुरिना गुरुङ, काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका

प्रिन्सिपल सुनिता पौडेल, करेन्ट पब्लिकेसनका निर्देशक किरण गौतम,

नारी साहित्यकारहरुको संस्था  गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ,

होटल मनाङका संचालक गीतकार देवेन्द्र गिरी, प्याब्सनका उपाध्यक्ष

दीपिका रिमाल, पुस्तकालय विशेषज्ञ इन्दिरा दली, चाइल्ड केयर

क्लबका अध्यक्ष रोज गार्डेन प्रधान, वरिष्ठ साहित्यकारहरु सुशीला

देउजा र कविता पराजुली लगायत विशेष अतिथिका रुपमा सहभागी

रहनुभएको थियो ।

कार्यक्रममा पुरस्कृत बालप्रतिभाहरु मयूर बस्नेत, मुस्कान खातून,

कर्णसिंह खड्का र आरम्भ अधिकारीले सिर्जना वाचन र सारगर्भित

विचार व्यक्त गरी सबैको मन जित्नुभएको थियो । कार्यक्रमको

व्यवस्थापनमा लक्ष्मीराज दहालको नेतृत्वमा कीर्तिका पौडेल, राधिका

पौडेल र गोकर्ण तिमल्सिनाले सहयोग गर्नुभएको थियो ।

बालसाहित्य र बालिकाकालाई माया गर्ने विशिष्ट महानुभावहरुको

भव्य उपस्थितिमा सम्पन्न यस कार्यक्रमको सुमधुर संचालन

साहित्यकार देवु लुइँटेलले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

94th Academy Awards -Will Smith bags #Oscar2022 for Best Actor for film ‘King Richard’

Next Post

भानु साहित्यिक सम्मान कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
भानु साहित्यिक  सम्मान कार्यक्रम सम्पन्न

भानु साहित्यिक सम्मान कार्यक्रम सम्पन्न

Recommended

President Mrs. Bidya Devi Bhandari addressed the Annual Conference of the Boao Forum for Asia 2022

President Mrs. Bidya Devi Bhandari addressed the Annual Conference of the Boao Forum for Asia 2022

4 years ago
Pakistani Court Sentences Former PM Imran Khan, Bushra Bibi to 17 Years in Toshakhana Corruption Case

Ex-PM Imran Khan Calls for Nationwide Protests After Toshakhana 2 Conviction

4 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.