Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

गणेशप्रसाद खतिवडाको “नुनको जोहो” विमोचन

Editorial Team by Editorial Team
December 28, 2025
in Book Releases, Literature, Nepal, News
0
गणेशप्रसाद खतिवडाको “नुनको जोहो” विमोचन
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- सोलुखुम्बुका स्रष्टा गणेशप्रसाद खतिवडाद्वारा लिखित यात्रासंस्मरण कृति “नुनको जोहो” सार्वजनिक गरिएको छ । राजधानीको अनामनगरमा रहेको डालो रेस्टुरेन्टमा शनिबार एक भव्य समारोहबीच उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा नेपाली साहित्यका स्थापित स्रष्टादेखि साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नियात्रा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै प्राध्यापक हेरम्बराज बास्तोलाले पुरानो समयदेखि अहिलेको तीव्र परिवर्तनसमेत देखेको पुस्तालाई छक्क पुस्ता नामाकरण गर्दै नुनको जोहो छक्क पुस्ताले सिर्जना गरेको राम्रो कृति रहेको बताउनुभयो । त्यसै पुस्तकका अर्का समीक्षक प्रतीक ढकालले कृति खासगरी पहाडी जीवन झेलेकाहरूका लागि आफ्नै भोगाइ रहेको भान पर्नेगरि लेखिएको बताउनुभयो । साथै ढकालले कृतिको आकार सानो भए पनि यसले पहाडी जीवन, संस्कृति, लोकभाका, भूगोल, संघर्षका कथा, नेपाली छन्द परम्परा लगायत विविध विधा समेटेको हुनाले साथै लेखकले इमान्दार बनेर कुनै कुरा नढाँटी लेख्नाले पनि कृति सफल रहेको चर्चा गर्नुभयो ।

शुभकामना मन्तव्य दिने क्रममा साहित्यकार डा. रेणुका थापा ‘सोलु’ले आफूले भोगेको जीवन नै पुस्तकमा आएको र आफूले उक्त कुरा लेख्न नसकेकोमा पछुतो भएको कुरा उल्लेख गर्दै पाठकलाई यस्तो लाग्नु नै लेखकको सफलता भएको कुरा उल्लेख गर्नुभयो भने साहित्यकार शान्ति शर्माले नुनको जोहो पुस्तक आफ्नै पुस्तक जस्तो लागेको बताउँदै छिटै अर्को पुस्तक ल्याउन लेखकलाई अनुरोध गर्नुभयो ।
संस्थागत विद्यालय संघ नेपाल (इसान)की केन्द्रीय अध्यक्ष साधना खतिवडाले पुस्तक आफूलाई राम्रो लागेको र आफ्नो विद्यालयमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने बताउँदै अन्य विद्यालयलाई पनि त्यसै गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार महेश विक्रम शाहले पुस्तक आफूलाई मन परेको र यसलाई उपन्यासको रूपमा पुनर्लेखन गर्नसके अझ राम्रो हुने सुझाव दिनुभयो । नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईँले सभापतित्व ग्रहण गर्नुभएको थियो भने समाजकी महासचिव कवि तथा नियात्राकार भवानी खतिवडाले अत्यन्त आकर्षक ढङ्गले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
लामो समय लगाएर तराईदेखि नुन तेल बोक्दै जीवन गुजार्नुपर्ने तीस वर्ष अघिको पहाडे जीवन समेटिएको उक्त यस्त्रासंस्मरण “नुनको जोहो” सार्वजनिकीकरण कार्यक्रममा अग्रज साहित्यकार कोषराज न्यौपाने, प्रल्हाद पोखरेल, युवराज नयाँघरे, रूपक अलङ्कार, नारायण निरासी, घनेन्द्र ओझा, रत्नविरही घिमिरे, चिरञ्जीवी सिग्देल, सिकारु राम, मुरारी सिग्देल लगायतका साहित्यकार, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा साहित्यानुरागी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

“रात्री आकाश” गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न 

Next Post

‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ साहित्यकार उषा शेरचनलाई

Editorial Team

Editorial Team

Next Post
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ साहित्यकार उषा शेरचनलाई

‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ साहित्यकार उषा शेरचनलाई

Recommended

UAE introduces mandatory police report for Nepali visa applicants

UAE introduces mandatory police report for Nepali visa applicants

5 months ago
U.K. Prime Minister Boris Johnson resigns

U.K. Prime Minister Boris Johnson resigns

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.