Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन: गृहमन्त्री अर्याल

Editorial Team by Editorial Team
December 31, 2025
in Nepal, News, Politics
0
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन: गृहमन्त्री अर्याल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु नभई तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन्।
बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन्।
उनले भने, “निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्दछ।”
निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने हुनाले देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन, मन्त्री अर्यालले भने।
“आवधिक निर्वाचन नै सुशासनको आधार हो। ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन,” मन्त्री अर्यालले भने।
त्यसैले, निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ, मन्त्री अर्यालले स्पष्ट पारे।
फाल्गुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोहि बमोजिम तयारी भइरहेको अवस्थामा निर्वाचनको माहौल बनिसकेको र समानुपातिक सूचीको नामावली निर्वाचन आयोगमा दर्ता कार्य सम्पन्न भइसकेको छ त्यसैले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको, मन्त्री अर्यालले जोड दिए।
गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तिकै महत्त्वपूर्ण हुनेछ।
निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु र गराउनु न्यायोचित नहुने विचारप्रति मन्त्री अर्यालले जोड दिए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की फागुन २१ गतेको चुनाव सम्पन्न गर्न अझै पनि केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प रहेको बताए। सुरक्षा निकायको मनोबल उच्च बनाएर र उनीहरूलाई साधन श्रोत सम्पन्न गराएर चुनाव गराउनु अर्को चुनौती रहेको पनि मुख्यमन्त्री कार्कीले बताए। प्रदेश सरकारको हैसियतले यो नागरिक सरकारलाई निर्वाचन गराउन आफ्नो प्रदेशको पूर्ण साथ सहयोग रहने समेत मुख्य मन्त्री कार्कीले जानकारी दिए।

Advertisement Banner
Previous Post

६३ दलले बुझाए समानुपातिकको बन्दसूची

Next Post

Foreign Minister Hon. Mr. Bala Nanda Sharma arrived in Dhaka to attend the State Funeral of former Prime Minister of Bangladesh

Editorial Team

Editorial Team

Next Post
Foreign Minister Hon. Mr. Bala Nanda Sharma arrived in Dhaka to attend the State Funeral of former Prime Minister of Bangladesh

Foreign Minister Hon. Mr. Bala Nanda Sharma arrived in Dhaka to attend the State Funeral of former Prime Minister of Bangladesh

Recommended

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

4 years ago
WHO recommends highly successful COVID-19 therapy and calls for wide geographical distribution and transparency from originator

Over 1 million African children protected by first malaria vaccine

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.