काठमाडौं –– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् ।
पार्टीभित्र बढ्दो राजनीतिक दबाब र विशेष महाधिवेशनसँग जोडिएका विषयमा स्पष्टता खोज्दै उनीहरू देउवा निवास पुगेका थिए।
देउवा निवासमा भएको छलफललाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी रणनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।पछिल्ला दिनमा विशेष महाधिवेशन, नेतृत्वको भूमिका र संगठनात्मक व्यवस्थापनलाई लिएर पार्टीभित्र मतभेद चुलिँदै गएको सन्दर्भमा यो भेटवार्ता निर्णायक मानिएको हो।
छलफलपछि महामन्त्रीद्वयले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए ।ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।







Discussion about this post