काठमाडौँ–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आह्वान गरेका छन्।उनले बिहीबार एक वक्तव्यमार्फत एकढिक्का भएर चुनाव लाग्न आग्रह गरेका हुन् ।कांग्रेसलाई फुटबाट जोगाउने सक्दो प्रयास गरे पनि नसकिएको र आफ्नो पनि भएको कमजोरीप्रति उनको स्वीकारोक्ति छ।
“पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्। म आह्वान गर्छु‚ हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जितहार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ। कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन। यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्नँ। हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन,” कोइरालाको भनाइ छ।उनले दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट गुज्रिएको र राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिएको उनले बताएका छन्।
उनले प्रतिनिधिसभा निर्वाचन आइसकेको उल्लेख गर्दै पुन: जनताको घरआँगनमा पुग्ने बताए।








Discussion about this post