काठमाडौं – नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ ।
पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए ।
निर्वाचन आयोगले माघ ६ गतेलाई प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । तर कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ । रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ ।






