ज्योतिष मिलनकृष्ण पोखरेल\साताको राशिफल (पुस ९ देखि पुस १५ सम्म)

मेष-(चु चे चो ला ली लु ले लो अ)–चलअचल सम्पत्तिको किनबेच हुनसक्छ ।मित्रबाट लाभ हुनेछ।आर्थिक पक्ष सबल हुनेछ।कार्यबाट लाभ मिल्छ।छोटोे यात्राको योग बन्न सक्छ।मनमा चिन्ता रहनेछ।घाँटी र आखामा समस्या आउला बिचार पुर्‍याउनु पर्छ।बोलीमा सम्यमता अपनाउनु पर्ने देखिन्छ।

बृष-(इ उ ए ओ वा बी वु वे वो)–धार्मिक कार्यमा रुचि जानेछ।धार्मिक स्थलको भ्रमण हुने।आयआम्दानीको अवसर प्राप्त हुनेछ ।वैवाहिक जीवनमा प्रतिकुलता देखिन्छ ।क्रोधमा नियन्त्रण गर्नुपर्ने छ।गृहस्थ सुखमा कमी आउला।शरीरमा तागतको कमी हुनेछ।

मिथुन-(का कि कु घ ङ छ के को हा)–व्यापारमा लाभ छ।बोलीमा प्रभाव बढ्नेछ।पेशा र जागीरमा अनुकुलता रहन्छ।खर्चमा वृद्धि ,वैदेशिक काममा बाधा, प्रेममा असफलता हुनेछ ।पतिपत्नीको स्वास्थ्यमा बाधा छ।आगोको भय रहनेछ।

कर्कट-(हि हु हे हो डा डि डु डे डो)–मित्रहरूबाट लाभ छ।आयमा केही वृद्धि हुनेछ।जागिरमा अनुकुलता छ।शत्रु पराजित हुनेछन् ।बादविवादमा जीत हुनेछ।दाम्पत्य जीवनमा शुख छ।

सिह-(मा मी मु मे मो टा टि टु टे)– जागीरबाट लाभ छ।शिक्षामा सफलता छ।ज्ञान् बढेर जानेछ।मित्रबाट लाभ।केही स्वास्थ्यमा कठिनाइ आउला।खर्च वृद्धि ,कार्य सफलतामा विलम्ब छ।ढिलो गरि कार्य पुर्ण हुनेछ।

कन्या-(टो प पी पु ष ण ठ पे पो)–भ्रमणको अवसर मिल्नेछ ।कारोबारमा अनुकुलता छ।पारिवारिक शुखशान्ती मिल्नेछ ।अचल सम्पती बिक्री हुने योग छ।साहशमा वृद्धि हुनेछ ।माताको स्वास्थ्यमा गडबडी हुने योग छ।

तुला-(रा री रु रे रो ता ती तु ते)–आफन्तबाट साथ सहयोग मिल्नेछ ।साहसमा वृद्धि ,जागिर र आम्दानीमा अनुकुल समय छ।दाम्पत्य र प्रेम जीवनमा त्यति राम्रो समय देखिदैन।पतिपत्नीमा स्वास्थ्य समस्या आउला।

बृश्चिक-(तो ना नी नु ने नो या यी यु)–बोलीमा प्रभाव बढेर जान्छ । यात्राको योग बनेको छ।आफन्त र मित्रबाट साथ सहयोग प्राप्त हुनेछ।व्यापारमा कठिनाइ भएपनी केही लाभनै हुनेछ।दाम्पत्य जीवनमा सुखमा कमी आउनेछ।

धनु-(य यो भा भी भु धा फा ढा भे)–ब्यापारमा सफलता मिल्नेछ। लाभ मिल्नेछ।व्यक्तित्वमा निखार आउनेछ।शत्रुमाथी पराजित हुनेछन् ।मानसम्मान बढ्नेछ।क्रोधमाथी नियन्त्रण गर्नुपर्ने देखिन्छ ।अरु कार्य सफल छ्न।

मकर-(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–यात्राको प्रवल सम्भावना छ।वैदेशिक कार्य सफल छ।व्यापार सफल छ।प्रेम र दाम्पत्य जीवनमा केही कस्ट रहन्छ।उपहार प्राप्त हुने समय छ।स्वास्थ्यमा कठिनाइ ,शिक्षामा कठिनाइ छ।

कुम्भ-(गु गे गो सा सी सु से सो दा)–सरकारी काममा लाभ छ।आम्दानी हुने योग छ।जागीरमा शुभ छ।सन्तानबाट शुख प्राप्त हुनेछ।कारोबारमा लाभ छ।अचल सम्पति किनबेच हुने योग छ।दाम्पत्य शुखमा कमी हुनेछ ।साताको अन्तिममा खर्चको वृद्धि हुनेछ।

मीन-(दी दु थ झ ञ दे दो चा ची)–जागीरमा अनुकुलता र लाभ छ।नयाँ काम पाउने योग छ।राजनीतिमा सफलता मिल्नेछ ।आर्थिक पक्ष सवल रहन्छ।मित्रहरूबाट लाभ मिल्नेछ ।साहसमा वृद्धि भएर जानेछ।अरु पक्ष सामान्यतया राम्रै छ।

ज्योतिष
मिलनकृष्ण पोखरेल
भरतपुर महानगरपालिका१०, चितवन
९८४५८८८१६५

Comments are closed.