अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

 

काठमाडौं, १४ पुस

अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर  र हङकङ आईडी समेत बनाईदिने भनी वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ लैनचौरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Comments are closed.