Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानमा विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार

Editorial Team by Editorial Team
January 23, 2026
in News, World
0
इरानमा विरोधी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

तेहरान – इरानमा जारी सरकार विरोधी प्रदर्शनमाथि सुरक्षा बलले गरेको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ। अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ताहरूका अनुसार देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएकाले मृतकको वास्तविक सङ्ख्या योभन्दा निकै बढी हुनसक्ने अनुमान गरिएको छ।

इरानी अधिकारीहरूले विगत दुई हप्तादेखि देशभर इन्टरनेट पूर्ण रूपमा ठप्प पारेका छन्, जसका कारण देशभित्रको यथार्थ अवस्था बाहिर आउन कठिन भएको छ। प्राप्त तथ्याङ्कअनुसार मृतकमध्ये चार हजार ७१६ जना प्रदर्शनकारी, २०३ जना सरकारी पक्षका व्यक्ति र ४३ जना बालबालिका छन्। यस्तै, विरोधमा संलग्न नभएका ४० जना सर्वसाधारणले पनि ज्यान गुमाएका छन्। अधिकारीहरूले हालसम्म २६ हजार ८०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइसकेका छन्।

इरान सरकारले भने पहिलोपटक आधिकारिक रूपमा तीन हजार ११७ जनाको मात्र मृत्यु भएको स्वीकार गरेको छ। सरकारी सञ्चारमाध्यमले प्रदर्शनकारीहरूलाई अमेरिका र इजरायलद्वारा उक्साइएका ‘दङ्गाकारी’ भन्दै आरोप लगाएका छन्। तर, मानव अधिकारवादी संस्थाहरूले इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै ठूलो रक्तपात मच्चाएको दाबी गरेका छन्।
यहीबीच, अमेरिका र इरानबीचको सैन्य तनाव पनि उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको गतिविधिलाई लिएर कडा चेतावनी दिँदै मध्यपूर्वतर्फ विशाल नौसैनिक शक्ति ‘आर्मडा’ पठाएको घोषणा गरेका छन्। अमेरिकी नौसेनाको विमानवाहक जहाज ‘युएसएस अब्राहम लिङ्कन’ र अन्य युद्धपोतहरू हाल हिन्द महासागर क्षेत्रमा तैनाथ छन्।
राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या र सामूहिक मृत्युदण्डको तयारीलाई ‘लक्ष्मण रेखा’ को संज्ञा दिँदै इरानले गल्ती गरेमा कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। इरानका महान्यायाधिवक्ताले पक्राउ परेका केही प्रदर्शनकारीलाई ‘ईश्वरका शत्रु’ करार गर्दै मृत्युदण्ड दिन सकिने सङ्केत गरेपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपिएको छ। ट्रम्पले इरानलाई आणविक कार्यक्रमका विषयमा वार्ता र सम्झौताका लागि दबाब दिँदै अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

Advertisement Banner
Previous Post

‘वर्ष जवान’ कविराज क्षेत्रीलाई घोषणा

Next Post

गगन कुमार थापाले ने गरे सभापतिको पदभार ग्रहण

Editorial Team

Editorial Team

Next Post
गगन कुमार थापाले ने गरे सभापतिको पदभार ग्रहण

गगन कुमार थापाले ने गरे सभापतिको पदभार ग्रहण

Recommended

Jumping giants: Fossils show giant prehistoric kangaroos could hop

Jumping giants: Fossils show giant prehistoric kangaroos could hop

4 months ago
US: Inflation reached four-decade high in June at 9.1 percent

US: Inflation reached four-decade high in June at 9.1 percent

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.