Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार

Editorial Team by Editorial Team
December 17, 2025
in Nepal, News
0
भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं-– सरकारले निर्वाचनसँग सम्बन्धित भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गरिरहेको बताएको छ ।सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो बताएका हुन् ।
निर्वाचन आयोगमा मंगलबार २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व, विशेष आवश्यकता भएका व्यक्तिको सहभागिता अभिवृद्धि, मतदाता शिक्षाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा छलफल थियो ।
उक्त छलफललाई सम्बोधन गर्दै सञ्चारमन्त्री खरेलले सरकार, निर्वाचन आयोग, क्रियाशील राजनीतिक दल र सबै सरोकारवालाको समन्वय र सक्रियताबाट मतदाता नामावली दर्ता र राजनीतिक दल दर्ताको कार्य सम्पन्न भइसकेको बताए ।यी कार्य सम्पन्न भएकाले निर्वाचनको वातावरण तयार भइसकेको भन्दै उनले अब सबै सरोकारवालाहरुले निर्वाचन हुन्छ कि हुँदैन नभनी लोकतन्त्रको मर्म बमोजिम स्वच्छ, निष्पक्ष, भयरहित र मितव्ययी कसरी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
यसक्रममा उनले भ्रमपूर्ण सूचना तथा द्वेषपूर्ण अभिव्यक्तिको नियमनका लागि आफ्नो मन्त्रालयले कार्य गरिरहेको जानकारी दिएका हुन् । उनका अनुसार मतदाता शिक्षासम्बन्धी कार्यक्रम पनि सञ्चालन हुँदैछ ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा पनि थिए । उनले आगामी निर्वाचनलाई समावेशी र सहभागितामूलक बनाई लोकतन्त्रको सुदृढीकरण र संवर्धन गर्न आवश्यक रहेको बताए ।
क्रियाशील राजनीतिक दल लगायत सबै सरोकारवालासँग संवाद गरी निर्वाचनको उपयुक्त वातावरण बनाउन र स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कार्य गरिरहेको उनको आग्रह छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा महिला, बालबालिका एवम् अपांगता भएका व्यक्तिहरूको पहुँच तथा सहभागिता बढाउन र निर्वाचनमा बालबालिकाको गैरकानुनी प्रयोग हुन नदिन तथा मतदाता जागरण र मतदाता शिक्षाका कार्यक्रममा मन्त्रालयबाट आयोगलाई सधैं सहयोग रहने बताइन् ।कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन घोषित मितिमा सम्पन्न गर्न निर्वाचन आयोगले योजनावद्ध रुपमा कार्य गरिहरेको जानकारी दिए ।
निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत् लगायत सबै सरोकारवालाहरुका बीचमा साझा धारणा बनाई निर्वाचनमा सबैको सक्रिय सहभागिता बढाउने कार्यमा सहजीकरण गर्न सरकारलाई आग्रह गरे ।
साथै निर्वाचनको मिति नजिकिंदै गएकोले निर्वाचनमा स्थापित विधि र प्रविधिको प्रयोगबाट नै निर्वाचन सम्पन्न गर्नुपर्ने अनिवार्यता औंल्याउँदै निर्वाचनको अपरिहार्यता र समयको सीमिततालाई सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

Advertisement Banner
Previous Post

आईपीएल अक्सनमा क्यामरून ग्रीनले बनाए कीर्तिमान, बने सबैभन्दा महंगा विदेशी खेलाडी !

Next Post

पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

Editorial Team

Editorial Team

Next Post
पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

Recommended

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

10 months ago
UK proposes measures on Continuous Glass Fibre from China be kept

UK proposes measures on Continuous Glass Fibre from China be kept

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.