Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवमा मुक्तक दिवस मनायो

Editorial Team by Editorial Team
February 2, 2026
in Awards, Literature, Nepal, News
0
नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवमा मुक्तक दिवस मनायो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं –वि.स. २०७० मा स्थापना भएको नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवको अवसरमा हिजो नेपाल पर्यटन बोर्डमा मुक्तक दिवस सम्पन्न गर्‍यो ।

प्रतिष्ठानले सो अवसरमा वरिष्ठ मुक्तककार उषा शेरचनलाई ५१,०००/- राशिसहित “भीमदर्शन मुक्तक पुरस्कार” र मुक्तककार डा. रूपक श्रेष्ठ (बेलायत)लाई ३१,०००/- राशिसहित “कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार” प्रदान गर्‍यो ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित सो कार्यक्रममा दुबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अध्यक्ष कोनेले प्रदान गर्नु भएको हो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको प्रा. डा. लक्ष्मणप्रसाद गौतमको “नेपाली मुक्तकको रचनाविधान”, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाद्वारा प्रकाशित “ईलिंग” स्मारिका, र डा. रूपक श्रेष्ठका कृतिहरू “चौशुल” र “पाेख्तक” (अंग्रेजी संस्करण)को लोकार्पण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र अति सुक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै “मुक्तक समाजलाई थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा हो । आजको तीव्र गतिको समाजमा मुक्तकले विचार, पीडा, आशा र दर्शनलाई सटिक रूपमा व्यक्त गर्न सक्छ।” भन्नु भयो ।

यसैगरी अध्यक्ष रामकाजी कोनेले मुक्तक दिवसको विशेष शुभकामना व्यक्त गर्दै मुक्तक विधाको सौन्दर्य र गहिराइलाई सरल रुपमा व्याख्या गर्नु हुँदै “थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक हो । यसले सीमित शब्दभित्र असीमित भाव अटाउन सक्छ ।” भन्नु भयो ।

कार्यक्रममा “भीमदर्शन मुक्तक पुरस्कार”बाट सम्मानित वरिष्ठ मुक्तककार उषा शेरचनले यस सम्मानले मुक्तक विधाप्रतिको मेरो जिम्मेवारी अझ बढाएको उल्लेख गर्दै मुक्तकलाई जीवनको अनुभूति र अनुभवको सूक्ष्म अभिव्यक्ति बताउँदै मुक्तकले जीवनको गहिरो अनुभूति, पीडा र प्रेमलाई सानो आकारमा पनि गम्भीर रूपमा बोकेको हुन्छ ” भन्नु भयो।

अर्का सम्मानित डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो । यसले लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउँछ ।’ भन्नु भयो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार प्रा.डा. लक्षमणप्रसाद गौतम, समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेलले आआफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँहरुले नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गर्नु भएको थियो ।

नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नु भएको सो कार्यक्रमको सहजीकरण महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।

कृतिहरु लोकार्पण, पुरस्कार समर्पण र मुक्तक पाठसहित सम्पन्न कार्यक्रमले नेपाली मुक्तक साहित्यको वर्तमान अवस्था र सम्भावनालाई सशक्त रूपमा उजागर गरेको सहभागीहरूले धारणा राख्नु भएको थियो । नेपाल मुक्तक प्रतिष्ठानबाट आगामी दिनमा पनि मुक्तक विधाको प्रवर्द्धन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा साहित्य, समालोचना र मुक्तक विधाका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

Construction begins on Rs 25 billion Lower Seti hydropower project

Next Post

नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवमा मुक्तक दिवस मनायो

Editorial Team

Editorial Team

Next Post
नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवमा मुक्तक दिवस मनायो

नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवमा मुक्तक दिवस मनायो

Recommended

G20-20 Summit Declaration Adopted by Overwhelming Majority

G20-20 Summit Declaration Adopted by Overwhelming Majority

9 months ago
अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

4 years ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.