Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

Editorial Team by Editorial Team
February 9, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

तिलोत्तमा, ; सिर्जनाका स्वरहरू एकै मञ्चमा गुञ्जिने अवसरका रूपमा स्थापित हुँदै आएको ‘तिलोत्तमा साहित्य सङ्गम’को १७औँ शृङ्खला होराइजन गौतम बुद्ध माध्यमिक विद्यालय, तिलोत्तमा–१ ड्राइभर टोलस्थित सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई थप उचाइ दिएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका सदस्य तथा साहित्यकार रमेश समर्थनले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्य उद्धव देवकोटाले गर्नुभएको थियो। सङ्गममा सहभागी साहित्यकारहरू रमेश समर्थन , उद्धव देवकोटा , श्रीराम नेपाली, सङ्गम अनुरागी, यज्ञलाल सुवेदी, पूर्णचन्द्र तिवारी, विपिन जी.सी., ढलानन्द चालिसे, कृशल देवकोटा लगायत करिब एक दर्जन सर्जकहरूले साहित्यका विविध विधाका आफ्ना मौलिक रचनाहरू वाचन गर्नुभएको थियो। वाचन गरिएका रचनाहरूले समाज, संवेदना, समय र जीवनका विविध आयामलाई कलात्मक ढङ्गले उजागर गरेका थिए।

वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी गर्दै समीक्षक रमेश समर्थनले यस्ता साहित्यिक जमघटहरूले नवसर्जकहरूलाई सिर्जनामा निखार ल्याउने अवसर प्रदान गर्नुका साथै साहित्यिक पहिचान निर्माणका लागि सशक्त मञ्च उपलब्ध गराउने बताउनुभयो। साहित्य निरन्तर अभ्यास र संवादबाट परिष्कृत हुने भएकाले यस्ता कार्यक्रमको निरन्तरताले सिर्जनात्मक यात्रालाई थप बलियो बनाउने उहाँको भनाइ थियो।

कार्यक्रमको सफलताप्रति सन्तोष व्यक्त गर्दै कार्यक्रम सञ्चालक उद्धव देवकोटाले ‘तिलोत्तमा साहित्य सङ्गम’ प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा आयोजना गरिने जानकारी दिनुभयो। १७औँ शृङ्खलाको उत्साहजनक सहभागिताले आगामी शृङ्खलाहरू अझ प्रभावकारी र सिर्जनशील हुने विश्वाससमेत व्यक्त गरिएको छ।
स्थानीय स्तरमै साहित्यिक संवाद, सिर्जना र समीक्षाको संस्कार विकास गर्दै आएको ‘तिलोत्तमा साहित्य सङ्गम’ तिलोत्तमाको साहित्यिक पहिचान निर्माणतर्फ अग्रसर एक महत्वपूर्ण अभियानका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

Advertisement Banner
Previous Post

गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

Next Post

National Assembly unanimously approves return of Social Media Bill to government

Editorial Team

Editorial Team

Next Post
19 newly elected members of National Assembly takes oath

National Assembly unanimously approves return of Social Media Bill to government

Discussion about this post

Recommended

US willing to allow India to buy Venezuelan oil under new US-controlled framework

US willing to allow India to buy Venezuelan oil under new US-controlled framework

2 weeks ago
पवन कुमार बुढ़ाथोकीका चार मुक्तकहरू

पवन कुमार बुढ़ाथोकीका चार मुक्तकहरू

4 years ago

Don't Miss

Nepal, Qatar discuss economic cooperation, tourism promotion and aviation expansion

Nepal, Qatar discuss economic cooperation, tourism promotion and aviation expansion

February 9, 2026
19 newly elected members of National Assembly takes oath

National Assembly unanimously approves return of Social Media Bill to government

February 9, 2026
तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

February 9, 2026
गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

February 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.