Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

Editorial Team by Editorial Team
February 9, 2026
in Literature, Nepal, News
0
गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

 

गल्याङ, स्याङ्जा –-नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४ औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको पूर्व सन्ध्याको सन्दर्भमा जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाद्वारा आयोजित “गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह- २०८२” माघ २४ गते गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भयो ।

पल्लव साहित्य प्रतिष्ठान, भरतपुर, चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार व्यक्तित्व श्री ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) को प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहको सभापतित्व सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईले गर्नुभएको थियो ।
सभाध्यक्ष भट्टराईले सहयोगी र उदार मन भएका पूर्व विद्यार्थीको विशेष सहयोगले गल्याङमा यसरी गल्याङ काव्य उत्सवको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै सम्बन्धित स्थानीय तहको लगानीमा हुनुपर्ने काम देश विदेशमा रही श्रम गर्नेहरूको सहायताले गरिएको जानकारी गराउनुभयो ।
जगत्रदेवी साहित्य सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईका पूर्व विद्यार्थी (हाल- अमेरिका निवासी) डा. विश्व विके खड्काद्वारा प्रायोजन गरिएको गल्याङ काव्य उत्सव समारोहमा प्रमुख अतिथि श्री ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई “जगत्रदेवी साहित्य सम्मान- २०८२” र प्रायोजक विश्व विके खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो । प्रायोजकको सम्मान डा. विश्व विके खड्काका दाजु पितम खड्कालाई हस्तान्तरण गरिएको थियो ।
सङ्गमका उपाध्यक्ष लिलाबल्लौ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक परिचय दिनुभएको थियो ।
कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य प्रतिष्ठानका सदस्य लोकनाथ खराल, गल्याङ नगरपालिका वडा नं. ७ का अध्यक्ष झविलाल पाण्डे विशिष्ट अतिथि रहनु भएको थियो । वडा अध्यक्ष झविलाल पाण्डेले साहित्यिक संस्थालाई सशक्त बनाउन कार्यपालिकाको बैठकमा आवाज उठाउने र आफ्नो वडाको तर्फबाट आवश्यक सहयोग गर्ने वाचा गर्नुभयो ।
कार्यक्रममा दुर्गा राना, दिलीप मगर, गीता थापा, पितम खड्का, प्रेमबन्धु सुवेदी, झवनाथ बस्याल, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, पार्वती थापा, भोजकुमारी पाण्डे, ढालबहादुर के.सी., सनतकुमार गैरे, लोकहरि पाण्डे क्षितिज, वसन्त खनाल, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, शोभाखर भट्टराई, नोलराज भण्डारी, लोकनाथ खराल, मित्रलाल गौतम, पुष्कर अथक रेग्मी, गोविन्द खनाल, डिल्लीराम भण्डारी, प्रमुख अतिथि ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो), सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराईलगायतका साहित्यकारहरूले राष्ट्रिय परिवेशमा आधारित कविता वाचन गर्नुभएको थियो ।
सङ्गमका कोषाध्यक्ष पार्वती थापाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको सहजीकरण सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम

Next Post

तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

Editorial Team

Editorial Team

Next Post
तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

Recommended

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह  ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

7 months ago
Israeli authorities raid UN Palestinian refugee agency’s East Jerusalem compound

Israeli authorities raid UN Palestinian refugee agency’s East Jerusalem compound

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.