Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकाले इस्लामिक रिपब्लिकलाई ध्वस्त पार्न नसक्ने : खामेनेई

Editorial Team by Editorial Team
February 18, 2026
in News, World
0
अमेरिकाले इस्लामिक रिपब्लिकलाई ध्वस्त पार्न नसक्ने : खामेनेई
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक रिपब्लिकलाई ध्वस्त पार्न नसक्ने बताएका छन् । दुवै देशका वरिष्ठ अधिकारीहरूबीच मंगलबार जेनेभामा करिब तीन घण्टा कुराकानी भएपछि उनको यस्तो भनाइ आएको हो ।
उता, तेहरानमा दिएको एक भाषणमा खामेनेईले भने, “हालैको एक भाषणमा अमेरिकी राष्ट्रपतिले ४७ वर्षदेखि अमेरिकाले इस्लामिक रिपब्लिकलाई सिध्याउन सफल नभएको बताउनुभएको थियो । म भन्छु तपाईं पनि सफल हुनुहुने छैन ।”
खामेनेईको यो बयान यस्तो समयमा आएको छ, जब अमेरिका र इरानबीच जेनेभामा दोस्रो चरणको वार्ता भएको छ । पहिलो चरणको वार्ता फेब्रुअरी महिनाको सुरुमा भएको थियो । यसअघिको वार्ता गत वर्ष इरान र इजरायलबीच संघर्ष सुरु भएपछि रोकिएको थियो ।
भाषणका क्रममा खामेनेईले खाडीमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत डुब्न सक्ने चेतावनी दिए । खामेनेईले भने, “हामीले लगातार के सुनिरहेका छौँ भने उनीहरूले आफ्नो युद्धपोत इरानतर्फ पठाएका छन् । युद्धपोत निश्चित रूपमा खतरनाक हतियार हो, तर त्योभन्दा पनि खतरनाक हतियार त्यो हो जसले त्यसलाई डुबाउन सक्छ ।”
खामेनेईले अमेरिकासँग चलिरहेको वार्ताको नतिजाप्रति आशंका व्यक्त गरे । उनले भने, “के कुनै वार्ता हुन सक्छ ? किनकि वार्ताका लागि वास्तवमै कुनै ठाउँ बाँकी छैन । वार्ता हुनुअघि नै त्यसको नतिजा तय गरिदिनु गल्ती र पागलपन हो ।”
अमेरिकाले इरानसँग आफ्नो परमाणु कार्यक्रम बन्द गर्न माग गरिरहेको छ । गत वर्ष जुनमा १२ दिनसम्म चलेको इरान–इजरायल संघर्षका क्रममा अमेरिकाले इरानका प्रमुख परमाणु केन्द्रहरूलाई निसाना बनाएको थियो ।

Advertisement Banner
Previous Post

अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धता : स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर

Next Post

केन्द्रीय समितिद्वारा कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित

Editorial Team

Editorial Team

Next Post
केन्द्रीय समितिद्वारा कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित

केन्द्रीय समितिद्वारा कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित

Recommended

साहित्य कला मंदिर और कलिंग लिटरेरी फेस्टिवल के सदस्यों के बीच हुई भेटवार्ता

साहित्य कला मंदिर और कलिंग लिटरेरी फेस्टिवल के सदस्यों के बीच हुई भेटवार्ता

4 years ago
आज विश्व हिमनदी दिवस

आज विश्व हिमनदी दिवस

2 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.