Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

काँग्रेसको हार ! जिम्मेवारी र नेतृत्वको निरन्तरताः गगन थापाको राजीनामा समाधान होइन

Editorial Team by Editorial Team
March 18, 2026
in Feature, Nepal, News, Politics
0
काँग्रेसको हार ! जिम्मेवारी र नेतृत्वको निरन्तरताः गगन थापाको राजीनामा समाधान होइन
0
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

रन्जना निरौला

देश विकास गर्छु भनेर उदाएका नयाँ राजनीतिक शक्तिहरूले अवसर पाउनु पनि लोकतन्त्रको स्वाभाविक सौन्दर्य हो । वर्षौँदेखि उही अनुहार र उही शैलीको राजनीतिबाट वाक्कदिक्क भएका जनताले नयाँ अनुहारमा आशा देख्नु अस्वाभाविक होइन । यो त परिवर्तनको स्वाभाविक चाहना हो, तथापि पुराना दलहरूले आफ्नो वर्चस्व जोगाइराख्न नसक्नु केवल चुनौती मात्र होइन, आत्ममन्थन र सुधारको एउटा गहिरो पाठ पनि हो ।
यसपटकको संघीय संसदको निर्वाचन परिणामले अन्य दलहरूसँगै नेपाली काँग्रेसलाई पनि अपेक्षित सफलता दिन सकेन । तर काँग्रेसका लागि चुनावी अंकगणितभन्दा पनि ठूलो कुरा लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र देशलाई दीर्घकालीन राजनीतिक अस्थिरताबाट मुक्त गराउने दायित्व हो । यही मूल्य र आदर्शमा उभिएर काँग्रेसले आफ्नो यात्रा तय गरेको छ । हालैको निर्वाचन परिणामले नेपाली काँग्रेसलाई दोस्रो स्थानमा पु¥याएको छ । लोकतन्त्रमा जनमत नै अन्तिम निर्णायक शक्ति हो, त्यसैले परिणामलाई सम्मान गर्नु लोकतान्त्रिक संस्कारको आधारभूत मूल्य हो । तर कुनै पनि निर्वाचन परिणामलाई केवल एक व्यक्तिको असफलता वा कमजोरीसँग जोडेर हेर्नु न्यायसंगत हुँदैन चुनाव परिणाम अनेक सामाजिक, राजनीतिक, संगठनात्मक र परिस्थितिजन्य कारणहरूको समष्टिगत प्रतिफल हो ।

नेपालको लोकतान्त्रिक राजनीतिमा परिवर्तन, बहस र आत्मसमिक्षा सधैँ आवश्यक मानिन्छ । यही सन्दर्भमा गगन थापा नेपाली काँग्रेसभित्र निरन्तर सुधार र रूपान्तरणको पक्षमा आवाज उठाउँदै आएका सक्रिय र स्पष्टवक्ता नेता हुन् । पार्टीभित्रका वेथिति, कमजोरी र आवश्यक सुधारबारे खुलेर बोल्ने साहस कम नेतामा मात्र देखिन्छ, र गगन थापा ती थोरैमध्येका एक हुन् । आज सभापतिको हैसियतले थापालाई जिम्मेवारीको अनुभूति हुनु स्वाभाविक कुरा हो, तर त्यसको अर्थ तुरुन्तै राजीनामा दिनु मात्र समाधान हो भन्ने होइन । बरु यस्ता कठिन समयमा नेतृत्वले आत्मविश्लेषण गर्दै पार्टीलाई नयाँ दिशामा अघि बढाउने साहस देखाउनुपर्छ ।

विगत हेर्दा नेपाली राजनीतिमा निरन्तर परिवर्तनको स्वर बनेर उभिएका नेता हुन् गगन थापा । नेपाली काँग्रसको भित्री जीवनमा सुधार, पारदर्शिता र नयाँ सोचको आवश्यकता औँल्याउँदै उनले बारम्बार आवाज उठाएका छन् र थिए । पार्टीभित्रैका वेथिति र कमजोरीविरुद्ध बोल्नु सजिलो हुँदैन, तर गगन थापाले त्यो जोखिम सधैँ उठाएका प्रमाण हामीसँग छन् । गगन थापाले पार्टीभित्र बहसको ढोका खोले, नयाँ पुस्तालाई बोल्ने साहस दिए र परिवर्तन सम्भव छ भन्ने आशा जगाए । यस्तो आवाजलाई मौन गराउने होइन, अझ जिम्मेवार बनाउँदै अगाडि बढाउनु समयको माग हो ।

आज काँग्रेसलाई सबैभन्दा बढी आवश्यक भएको कुरा स्थिरता, आत्मसमीक्षा र भविष्यको स्पष्ट रणनीति हो । गगन थापाले विगतदेखि नै पार्टीभित्र सुधार, पारदर्शिता र नयाँ पुस्ताको सहभागितालाई जोड दिँदै आएका हुन् । उनी नेतृत्वमा हुँदा पार्टीभित्र बहसको संस्कृति बलियो भएको छ । यस्तो समयमा सुधारको आवाज उठाउँदै आएको नेतृत्वलाई हटाउनु भन्दा त्यसलाई अझ जिम्मेवार र सक्रिय बनाउनु नै बुद्धिमानी हुन्छ । काँग्रेसले अहिले सबैभन्दा महत्वपूर्ण रूपमा जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने आवश्यकता महसुस गर्नुपर्छ । जनताको विश्वास जित्ने बाटो भनेको लोकहितमा काम गर्नु, आवश्यक संवैधानिक सुधारका विषयमा सहमति खोज्नु र लोकतान्त्रिक मूल्यप्रति दृढ प्रतिबद्धता देखाउनु नै हो । राजनीतिमा हार र जित स्थायी हुँदैनन् ।

इतिहासले देखाएको छ, हारबाट सिकेर अगाडि बढ्ने पार्टीहरू नै भविष्यमा बलियो भएर फर्किएका छन् । काँग्रेसको गौरवशाली इतिहास पनि यही संघर्ष, आत्मसमीक्षा र पुनर्निर्माणको कथा हो । त्यसैले अहिलेको अवस्थामा गगन थापाको राजीनामा न त आवश्यक विकल्प हो, न त समाधान । आवश्यक कुरा भनेको अनुभव र ऊर्जाको संयोजन गर्दै पार्टीलाई पुनः सुदृढ बनाउने संकल्प हो । हारबाट पाठ सिक्दै नयाँ दृष्टि र योजनाका साथ अघि बढ्दा मात्र काँग्रेसले हराएको जनविश्वास पुनः जित्न सक्छ । र आजको आवश्यकता परिणामलाई आधार मानेर निराशा फैलाउने होइन, आशा र सुधारको बाटो खोज्ने हो । र त्यो यात्रामा गगन थापा जस्ता सुधारमुखी नेतृत्वको निरन्तरता काँग्रेसका लागि अझ महत्त्वपूर्ण र आवस्यक बन्छ ।

आज हारको धुलोबाट उठ्ने साहस गगन थापाले गर्नु पर्छ । गगन थापा सभापति हुँदा मात्र काँग्रेसले चुनाव हारेको होइन । काँग्रेसको इतिहासमा सभापतिले चुनावी पराजय भोगेका उदाहरणहरू पनि छन् । त्यसैले अहिले राजीनामा नै समाधान हो भन्ने सोच उचित होइन । बरु गम्भीर समीक्षा गर्दै, सबैलाई समेट्दै, साहस, विश्वास र आशाका साथ पार्टीलाई अघि बढाउनु नै उत्तम विकल्प हो । लोकतन्त्रको यात्रामा कहिलेकाहीँ विजयका फूलहरू फुल्छन्, कहिलेकाहीँ पराजयका काँडाहरू पनि बाटोमा उम्रिन्छन् यिनीहरू सँगसँगै यात्रा गरिरहनु नै तठस्थ र सुन्दर यात्रा हो । इतिहासले पनि सधैँ एउटै कुरा भन्छ हार अन्त्य होइन, नयाँ आरम्भको संकेत हो ।

हालको निर्वाचन परिणाम जनमतको हो । जनमतको सम्मान गर्नु लोकतन्त्रको सौन्दर्य हो ।  समय समयमा हामीले सोच्दै नसोचेका चुनावका परिणामहरू हामीले भोगेर आएका छौं। चुनाव परिणाम एकल व्यक्तिमुखी हुँदैन । यो त कुनै एक व्यक्तिको सफलता र असफलताले   मात्र होइन, असंख्य परिस्थितिहरू, समयको मनोविज्ञान र जनभावनाको तरङ्गमा पनि निर्भर हुन्छ । कहिलेकाहीँ जनलहर त्यस्तो हुन्छ, जसले परिणामको दिशा नै मोडिदिन्छ । त्यसैले यो हारलाई केवल सभापतिको जिम्मेवारीमा सीमित गरेर हेर्नु न त न्यायसंगत हुन्छ, न त दूरदर्शी । नेतृत्व भनेको आँधीमा जहाज छोडेर भाग्नु होइन, आँधी पार गराएर किनारामा पु¥याउने साहस हो । आज काँग्रेसलाई चाहिएको कुरा दोषारोपण होइन आत्मसमीक्षा हो, निराशा होइन नयाँ विश्वासको निर्माण हो । जनताको मन जित्ने बाटो पनि त्यहीँबाट खुल्छ, जहाँ लोकहितका मुद्दाहरूमा स्पष्टता, संविधान सुधारका आवश्यक पहल र जनतासँगको सच्चा सम्बन्ध पुनः निर्माण हुन्छ । राजनीतिमा हार क्षणिक हुन्छ, तर सिकाइ स्थायी हुन्छ । काँग्रेसको इतिहास पनि यही संघर्ष र पुनर्जागरणको कथा हो जहाँ हरेक पटक अँध्यारोपछि उज्यालो आएको छ । त्यसैले आज गगन थापाको राजीनामा खोज्नु कदापी समाधान होइन । समाधान भनेको अनुभव, ऊर्जा र परिवर्तनको चाहनालाई एकसाथ जोडेर नयाँ बाटो बनाउनु हो । किनभने कहिलेकाहीँ पराजय पनि भविष्यमा विजयका बीउहरू रोप्ने मौसम हुन्छ । र सम्भवतः आज काँग्रेस त्यही मौसमको बीचमा उभिएको छ ।

 

Advertisement Banner
Previous Post

ADB Supports Nepal’s Digital Transformation Toward High‑Impact Services for Citizens and Businesses

Next Post

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घबाट ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ घोषणा : विश्वभर अप्रिल १५ मा मनाइने

Editorial Team

Editorial Team

Next Post
नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घबाट ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ घोषणा :  विश्वभर अप्रिल १५ मा मनाइने

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घबाट ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ घोषणा : विश्वभर अप्रिल १५ मा मनाइने

Recommended

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

5 months ago
First Rs 1.2 billion five-star resort to be built in Mahottari

First Rs 1.2 billion five-star resort to be built in Mahottari

6 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.