Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को ‘मेरी छोरी मान्या’ बालकथासङ्ग्रह सार्वजनिक

Editorial Team by Editorial Team
March 11, 2026
in Book Releases, Literature, Nepal, News
0
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को ‘मेरी छोरी मान्या’ बालकथासङ्ग्रह सार्वजनिक
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–लाेकप्रिय आख्यानकार,कवि, साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ काे बालकथासङ्ग्रह ‘मेरी छोरी मान्या´ को लाेकार्पण भएकाे छ। राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोजना गरेकाे उक्त लाेकार्पण कार्यक्रममा समीक्षा कार्यक्रम पनि भएकाे हाे।

प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथासङ्ग्रहको लाेकार्पण गर्दै इन्द्रकुमार श्रेष्ठ सरित् एक समर्पित र अब्बल कथाकार भएको चित्रण गरेकी थिइन्। उनले ‘बालमनोविज्ञानलाई आत्मसात् गरेर सरित् ले लेखेको ‘मेरी छोरी मान्य’ उत्कृष्ट बालकथासङ्ग्रह भएको चर्चा गर्दै ती कथाहरूले बच्चालाई जीवन र समाज बुझ्न सहज तुल्याएको उल्लेख गरेका थिइन्।

विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ सरित् काे ‘मेरी छोरी मान्य’ मूलत: बालबालिकाको चेतना तह र मनोविज्ञान अठ्ठ्याएर रचना गरिएको कृति हो। यसमा समाजको सौन्दर्य, गतिविधि र वातावरण बुझाउन खोजिएको छ। त्यहाँ समेटिएका बालकथाहरू प्रायः बालबालिकालाई उत्प्रेरित गर्न सामर्थ्य राख्ने खालका छन्। सरित् काे लेखन क्षमता बहुआयामिक विशेषताको रूपमा देखापरेको चित्रण गरेका थिए।

विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित् काे लेखनमा बालमनोविज्ञान चामत्कारित रूपमा आएको बताएका थिए।

साहित्यकार तथा समालोचक डा. छायादत्त न्यौपानेले सरित्को बालकथासङ्ग्रह ‘मेरी छोरी मान्य’ ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको चर्चा गर्दै समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध ती कथाले जीवन, समाज र ज्ञानबिचको तादात्म्यबारे आफ्नो दृष्टिकोण राखेका थिए।

लाेकार्पित कृतिका सर्जक इन्द्रकुमार श्रेष्ठ सरित् ले बालसाहित्य कुनै खरिदारको टेबलवर्क जस्तो नभई आफू बाँचिरहेको समयमा व्याप्त बालमनोविज्ञानमा आधारित हुनुपर्छ। जसमा आफूले सामयिक घटना,पात्र र उद्देश्यलाई सन्तुलित रूपमा मिलाउन सक्नुपर्छ। यो नै समाजपयोगी बालसाहित्य लेखनको मेरुदण्ड बन्ने बताए।

दुर्बिन शर्मा ‘विवेक’ काे अनुसार कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बहोराले आफूले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा समेत सक्रिय तुल्याएको बताए। ‘मेरी छोरी मान्या´ निकै प्रेरणादायी र पठनीय भएकाले नै विद्यालयले लाेकार्पण तथा समीक्षात्मक कार्यक्रम राखेको बताए।

नियमित पठनपाठनबाहेक सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत अब्बल यस राइजिङ बोर्डिङ स्कुलले आयोजना गरेकाे उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा. रचना नकर्मी लगायतले आआफ्नो धारणा राखेका थिए।

लोकार्पित कृतिमाथि उक्त विद्यालयका विद्यार्थी उत्सान गिरी, स्मृति , प्रमिशा कँडेल र रिसिका गुरुङले मिहीन ढङ्गबाट कृतिको समीक्षा गरेका थिए। साथै, कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गरेका थिए।

Advertisement Banner
Previous Post

परशु-कल्पना स्रष्टा सम्मान किरण खरेललाई अर्पण गरिने

Next Post

पत्रकार साहित्यकार सुरेश किरण रहेनन्

Editorial Team

Editorial Team

Next Post
पत्रकार साहित्यकार सुरेश किरण रहेनन्

पत्रकार साहित्यकार सुरेश किरण रहेनन्

Recommended

94th Academy Awards -Will Smith bags #Oscar2022 for Best Actor for film ‘King Richard’

Will Smith Gives Public Apology To Chris Rock Over Oscars Slap

4 years ago
Expert Comment: National Emergency Briefing- Reforming UK food systems isn’t just imperative, it’s an opportunity

Expert Comment: National Emergency Briefing- Reforming UK food systems isn’t just imperative, it’s an opportunity

8 months ago

Don't Miss

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

August 12, 2026
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

August 12, 2026
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

August 12, 2026
Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.