काठमाडौं । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले २०७९ का लागि ‘कवि टेकनाथ शिवा साहित्य संस्कृति पुरस्कार’ स्रस्टा डा. गोपाल भण्डारीलाई प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानको हालै बसेको बैठकले उक्त निर्णय गर्दै विगत पाँच दशकदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा र्पुयाएको योगदानका लागि डा. भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
अधिकारी परिवारद्वारा स्थापित १५ हजार नगद राशिसहितको उक्त पुरस्कार आउँदो बैशाख १५ गते विराटनगरमा समर्पण गारिने प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले जानकारी गराएका छन् ।
Comments are closed.