Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

मुजरबानीले भारतको आइपिएल खेल्न पाकिस्तानको पिएसएल छाडे

Editorial Team by Editorial Team
March 15, 2026
in News, Sports, World
0
मुजरबानीले भारतको आइपिएल खेल्न पाकिस्तानको पिएसएल छाडे
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजरबानीले इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) सँग सम्झौता गरेपछि सन् २०२६ को पाकिस्तान सुपर लिग (पिएसएल) बाट आफ्नो नाम फिर्ता लिएका छन्।मुजरबानीले आफू पिएसएलमा सहभागी नहुने जानकारी आफ्नो टोली ‘इस्लामावाद युनाइटेड’ लाई गराइसकेका छन् भने केकेआरले पनि शुक्रबार उनलाई अनुबन्ध गरेको कुरा पुष्टि गरेको छ।कोलकाताले बंगलादेशका बलर मुस्ताफिजुर रहमानलाई रिलिज गरेपछि उनको ठाउँमा मुजरबानीलाई टोलीमा भित्र्याएको हो।
मुस्ताफिजुरलाई भने पिएसएलको टोली लाहोर कलन्दर्सले अनुबन्ध गरिसकेको छ। पिएसएल मार्च २६ बाट सुरु हुँदैछ भने आइपिएल त्यसको दुई दिनपछि सुरु हुनेछ।यसअघि मुल्तान सुल्तान्सबाट पिएसएलको उपाधि जितिसकेका मुजरबानी यसपालिको अक्सनमा भने बिकेका थिएनन्। पछि इस्लामावाद युनाइटेडले वेष्ट इन्डिजका बलर समर जोसेफलाई छोडेर मुजरबानीलाई सिधै अनुबन्ध गरेको थियो।आइपिएल र पिएसएल एकै समयमा सञ्चालन हुन लागेको यो दोस्रो वर्ष हो।
यसअघि पनि दक्षिण अफ्रिकाका कोर्बिन बोसले पिएसएल छोडेर आईपिएल रोजेपछि उनलाई पिएसएलले एक सिजनको प्रतिबन्ध लगाएको थियो। मुजरबानीलाई पनि त्यस्तै कारबाही हुन्छ वा हुँदैन भन्नेबारे पिएसएलले अहिले नै केही खुलाएको छैन।मुजरबानीले हालैको टी-२० विश्वकपमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। जिम्बावेलाई सुपर-८ सम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले ६ खेलमा १३ विकेट लिएका थिए।उनले अष्ट्रेलिया विरुद्धको खेलमा मात्रै ४ विकेट लिएर टोलीलाई ऐतिहासिक जित दिलाउन मद्दत गरेका थिए।

Advertisement Banner
Previous Post

चालु पुँजी कर्जा नीतिमा राष्ट्र बैंक पुनः लचिलो

Next Post

वेस्ट इन्डिजका जाभोन सर्लेससहित तीन जना फिक्सिङमा संलग्न भएको आरोपमा निलम्बित

Editorial Team

Editorial Team

Next Post
वेस्ट इन्डिजका जाभोन सर्लेससहित तीन जना फिक्सिङमा संलग्न भएको आरोपमा निलम्बित

वेस्ट इन्डिजका जाभोन सर्लेससहित तीन जना फिक्सिङमा संलग्न भएको आरोपमा निलम्बित

Recommended

Schools ill-equipped to provide healthy and inclusive learning environments for all children – UNICEF, WHO

Schools ill-equipped to provide healthy and inclusive learning environments for all children – UNICEF, WHO

4 years ago
युक्रेन र रुसबीच लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक :जेलेन्स्की

युक्रेन र रुसबीच लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक :जेलेन्स्की

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.