Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

वेस्ट इन्डिजका जाभोन सर्लेससहित तीन जना फिक्सिङमा संलग्न भएको आरोपमा निलम्बित

Editorial Team by Editorial Team
March 15, 2026
in News, Sports, World
0
वेस्ट इन्डिजका जाभोन सर्लेससहित तीन जना फिक्सिङमा संलग्न भएको आरोपमा निलम्बित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- सन् २०२३/२४ मा बार्बाडोसमा खेलिएको ‘बिम-१०’ लिगमा फिक्सिङमा संलग्न भएको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी ) ले वेस्ट इन्डिजका खेलाडी जाभोन सर्लेससहित तीन जनालाई प्रतिबन्ध लगाएको छ।आइसिसीले सर्ल्सहित टाइटन्सका टिम मालिक चित्रञ्जन राठोड र टिम अफिसियल ट्रेभन ग्रिफिथलाई पनि निलम्बन गरेको छ।उनीहरूमाथि क्रिकेट वेस्टइन्डिज र आइसिसीको भ्रष्टाचार विरोधी नियमहरू उल्लंघन गरेको गम्भीर आरोप लागेको छ।
खेलको नतिजा वा खेलको कुनै पक्षलाई गलत तरिकाले प्रभावित पार्ने गरी म्याच फिक्सिङ गर्न प्रयास गरेको वा त्यस्तो सम्झौतामा सहभागी भएको पहिलो आरोप छ। अन्य खेलाडी वा कर्मचारीहरूलाई भ्रष्टाचार गर्न उकासेको वा सहयोग गरेको र भ्रष्टाचार सम्बन्धी अनुसन्धान भइरहँदा अधिकारीहरूलाई सहयोग नगरेको पनि उनीहरुमाथि आरोप छ। कसैले भ्रष्टाचारको प्रस्ताव गर्दा त्यसको जानकारी समयमै क्रिकेट बोर्डलाई नदिएको (यो आरोप सर्लेस र ग्रिफिथमाथि लागेको छ) तथा ट्रेभन ग्रिफिथमाथि अनुसन्धानका प्रमाणहरू लुकाएको वा मेटाएर बाधा पुर्‍याएको थप आरोप छ।
यी तीनै जनालाई तत्काल लागू हुने गरी क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरिएको छ। उनीहरूलाई यी आरोपहरूको जवाफ दिन सन् २०२६ मार्च ११ देखि १४ दिनको समय दिइएको छ।यो कारबाही एउटा ठूलो अनुसन्धानको हिस्सा हो। यसअघि जनवरी २८ मा अमेरिकाका खेलाडी आरोन जोन्सलाई पनि यस्तै प्रकारका ५ वटा आरोपमा कारबाही गरिएको थियो। यो विषयमा अन्तिम निर्णय नआएसम्म आइसिसीले थप केही नबताउने जानकारी दिएको छ।

Advertisement Banner
Previous Post

मुजरबानीले भारतको आइपिएल खेल्न पाकिस्तानको पिएसएल छाडे

Next Post

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो

Editorial Team

Editorial Team

Next Post
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो

Recommended

SDC and UNCDF to empower 4,000 micro, small and medium enterprises in Nepal with digital skills and access to e-commerce

SDC and UNCDF to empower 4,000 micro, small and medium enterprises in Nepal with digital skills and access to e-commerce

4 years ago
Countries in Europe and Central Asia gather to address challenges in ensuring food security and sustainable agrifood systems

Countries in Europe and Central Asia gather to address challenges in ensuring food security and sustainable agrifood systems

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.