अर्पण योञ्जन शिशिरका दुई कृति लोकार्पण

काठमाडौँ, ९ बैशाख, इटरनल, पब्लिकेसनको आयोजनामा सम्पन्न भएको एक कार्यक्रममा अर्पण योञ्जन शिशिरका दुई कृति लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा सम्पन्न उक्त कार्यक्रममा शिशिरको ‘बालुवाको पिरामिड’कवितासंग्रह र ‘मुमुक्ष’ उपन्यासको लोकार्पण गरिएको हो। साहित्यकार तथा नारी स्रस्टा समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य सचिव धनप्रसाद सुबेदीले प्रमुख अतिथि हुनुहुन्थ्यो।


उपन्यास मुमुक्षको बारेमा लेखक तथा सम्पादक श्रीष भण्डारी तथा उप प्राध्यापक चतुर्भुजलाल दासले समालोचकीय टिप्पणी दिनु भएको थियो। कवितासंग्रह ‘बालुवाको पिरामिड’ को बारेमा प्रा. डा भारत कुमार भट्टराई, प्रा. डा जीवन अधिकारी, कवि साहित्यकार दुर्गाकिरण तिवारी, समीक्षात्मक टिप्पणी राख्नुभएको थियो। कवितासंग्रह ‘बालुवाको पिरामिडबाट मनिष शर्मा समीर र बिन्दु अधिकारी ढकालले एकएक वटा कविता वचन गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य भगवती अधिकारि सेडाईले दिनु भएको थियो। कार्यक्रम संचालन कवि तथा साहित्यकार रन्जना निरौलाले गर्नु भएको थियो।

Comments are closed.